मेयर बालेनको रिट खारेज, अब के हुन्छ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ। आफूलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने नेपाल नागरिक उड्ययन प्राधिकरणको निर्णयविरुद्ध हालेको रिट उच्च अदालतले बुधबार खारेज गरिदिएको हो।

उच्च अदालतका न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको इजलासले शाहको रिट खारेज गरेको हो। यससँगै नागरिक उड्ययन प्राधिकरणले शाहलाई कारबाही र जरिवाना तिराउन गरेको निर्णय अब कार्यान्वयन हुने भएको छ।

सिनामंगलस्थित त्रिभुवन विमानस्थलको सुरक्षाका लागि लगाइएको फेन्सिङ तार नगर प्रहरी लगाएर काटिदिएपछि क्यानले शाहलाई स्पष्टीकरण सोधेर ५० हजार तिराउने निर्णय लिएको थियो। त्यसपछि शाह अदालत पुगेका थिए।

फेन्सिङ तार काटिएको विषयमा क्यानले ५० हजार जरिवाना तिराउँदै कारबाही किन नगर्ने? भनेर स्पष्टीकरण सोधेको थियो। त्यसपछि शाह क्यानको उक्त निर्णयविरुद्ध रिट लिएर गएपछि उच्च अदालतले तत्काललाई स्पष्टीकरण रोक्ने गरी अन्तरिम आदेश जारी गरेको थियो।

बुधबारको आदेशसँगै त्यसबेला न्यायाधीश धीरबहादुर चन्दले दिएको अन्तरिम आदेश पनि खारेज भएको छ। उच्चको आदेशपछि तार काट्ने काममा संलग्न नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र मेयर शाहमाथि क्यानले अब जरिवानासहित कारबाही र स्पष्टीकरण सोध्न सक्ने भएको छ।

महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको तार गैरजिम्मेवारपूर्वक काटेको पाइएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित जग्गामा पार्क बनाउन नदिएको ‘झोँक’मा फेन्सिङ तार काटेपछि विवाद बढेको थियो।

काठमाडौं महानगरले प्राधिकरणलाई जेष्ठ नागरिक तथा बच्चाका लागि पार्क बनाउन जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो।

तर, प्राधिकरणले विमानस्थलको जग्गा दिन नमिल्ने बताएपछि महानगरले नगर प्रहरी खटाएर घेराबार गरिएको फेन्सिङ काटिदिएको थियो।

गत जेठ ३२ गते काठमाडौं महानगर प्रहरीले सिनामंगलस्थित विमानस्थल क्षेत्रमा प्राधिकरणले लगाएको फेन्सिङ काटेका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको