आफैंले खडा गरेको आकार कम्पलेक्समा अन्यायमा परेका तीन सञ्चालकहरू

काठमाडौं- काठमाडौं महानगरपालिका–२७, महाबौद्धमा रहेको आकार कम्प्लेसका चार सञ्चालकबीचको विवाद सतहमा आएको छ । ‘गैरकानुनी’ तरिकाले ४२ प्रतिशत शेयरका हिस्सेदार बनेका सञ्चालक आकाश राजभण्डारीले आफूहरूलाई झुठा मुद्दा लगाएर बदनाम गराउन खोजेको कम्पनीका अध्यक्ष अशोक राजभण्डारी र सञ्चालकहरू राजेश श्रेष्ठ र केशवमान श्रेष्ठले बताएका छन् ।

आकाशले आफैं किर्ते जालसाजी गरी २५ प्रतिशत शेयरलाई ४२ प्रतिशत बनाएको उनीहरू बताउँछन् । ‘अहिले पनि उनको शेयरका सम्बन्धमा विवाद कायमै छ तर हामीले ८ प्रतिशतमा झारिदियौँ भनेर झुठा मुद्दा लगाएर दुःख दिने काम गरेका छन्’, अध्यक्ष अशोक राजभण्डारीले भने ।

आफ्नो हस्ताक्षर र छाप किर्ते गरी राजेश र केशवमानको शेयर हिस्सामा हानि पु¥याएको आरोप लगाउँदै अशोकले पनि आकाशसहित व्यक्तिहरूविरुद्ध ४ असोज २०७८ मा किर्ते जालसाजी मुद्दा हालेका थिए । उक्त मुद्दा हालसम्म विचाराधीन छ, जसमा सञ्चालक आकाशले कम्पनीको आम्दानी रकम र शेयर पुँजी रकम हिनामिना गरेको आरोप छ ।

अशोक भन्छन्, ‘उनीहरूले कम्पनीको युजर आइडी र पासवर्ड कब्जामा लिएर कम्पनीको वार्षिक साधारण सभा, विशेष साधारण सभा, अन्य विवरणलगायत कागजातमा मेरो दस्तखत र कम्पनीको छाप कीर्ते गरी कम्पनीको वेवसाइटमा अपलोड गरेको कुरा मिति २०७८ भदौ २४ गते नयाँ युजर आइडी पासवर्ड लिएर हेर्दा थाहा भएको थियो ।’

अशोकले हालेको किर्ते जालसाजी मुद्दामा काठमाडौं जिल्ला अदालतले गत बिहीबार साक्षी झिकाउने आदेश गरेको छ । ‘आकाशका बुबा आनन्दप्रकाश राजभण्डारीमार्फत यो कम्पनीमा मैले नै आकाशलाई जोडेको थिएँ । तर, उनीहरूमा पूरै कम्पलेक्स हत्याउने लालच बढ्यो । त्यसैले उल्टै हामीलाई ठगी गरेको भनेर मुद्दा हाली उनले दुःख दिने, बदनाम गर्ने काम गरेका छन्’, अध्यक्ष अशोकले भने । आनन्दप्रकाश राजभण्डारीको परिवारले आफ्नो व्यक्तिगत सम्पत्ति र कारोबार पनि नमिलाएको, उल्टै आफूलाई झुठा मुद्दा लगाएर बदनाम गराउन खोजेको अशोकको भनाइ छ ।

‘हामीविरुद्ध उनले काठमाडौं प्रहरीमा जाहेरी लिएर जाँदा परिसरले यो ठगी मुद्दा होइन भनेर फिर्ता पठाइदिएको थियो । तर, आफ्नो बेइमानी छल्न उनले सरकारी वकिललाई प्रभावमा पारेर हामीलाई ठगी मुद्दा हाले । जबकि उनीविरुद्ध नै किर्ते जालसाजी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ’, अध्यक्ष राजभण्डारीले भने ।

चार जना सञ्चालक रहे पनि आकाशले कम्प्लेक्स एकलौटी र मनोमानी तरिकाले चलाइरहेको अन्य तीन सञ्चालकहरूको आरोप छ । ‘आनन्द प्रकाशकै श्रीमती र छोरीले कम्पलेक्सको तेस्रो तल्लामा बिउटी पार्लर चलाए पनि भाडा दिँदैनन् । अन्य भाडा पनि कम्पनीको नाममा रहेको बैंक खातामा जम्मा नगरी आफैं लिएर जान्छन् र अरु सञ्चालकहरूलाई कुनै हिसाब देखाउँदैनन् । डेढ÷दुई वर्षदेखि यसरी मनलाग्दी भइरहेको छ । आकाशका बुबा आनन्दप्रकाश उल्टै मलाई गाली गलौज गर्दै हिँड्छन्’, उनले भने ।

अशोकले नै ल्याएका थिए आकाशलाई
अशोक नाताले आकाशका दाइ पर्छन् । अशोकको अग्रसरतामा सबै सञ्चालक मिलेर २०७२ सालमा आकार कम्प्लेक्स दर्ता गरेका थिए । स्थापनापछि कम्पनी नाफामा चल्न थालेसँगै विवाद बढ्दै गएको थियो ।

अर्का सञ्चालक राजेश श्रेष्ठका अनुसार, २०७६÷०७७ सालसम्म अकाश र अशोक मिलेरै अघि बढिरहेका थिए । यसै बेला आकाशले राजेश र केशवको शेयर घटाइदिए । उनको यस्तो अन्यायविरुद्ध दुई सञ्चालकले उच्च अदालतमा मुद्दासमेत हालेका थिए । पछि आकाशले अध्यक्षकै शेयरमा आँखा लगाउन थालेको अशोक बताउँछन् । त्यसैले कम्पनीको रक्षा गर्ने र अन्य दुई सञ्चालकलाई न्याय दिलाउने भन्दै अध्यक्षले आकाशको साथ छोडिदिए । यसपछि अशोक, राजेश र केशवमान एकातिर भए भने आकाश एक्लिए ।

यही रिसले आकाशले आफूहरूलाई मुद्दा लगाएर दुःख दिन थालेको अध्यक्ष बताउँछन् । आकाशले दाइ अशोकसहित तीन सञ्चालक मिलेर आकार कम्प्लेक्समा रहेको आफ्नो ४२ प्रतिशत शेयरलाई जालसाजीपूर्ण तरिकाले ८ प्रतिशत कायम गरिदिएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा हाले । यसरी आफूलाई सात करोड १५ लाख ६५ हजार ९ सय ६९ नोक्सान गरिदिएकाले सो क्षतिपूर्ति दिलाइदिन आकाशले माग गरेका थिए । तर, अहिले पनि उनको शेयर ४२ प्रतिशत हो वा होइन भन्ने सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन छ । रकम पनि एक रुपैयाँ नोक्सानी नभएकाले यो आरोप सरासर झुठो भएको तीन सञ्चालकहरू बताउँछन् ।  काठमाडौं जिल्ला अदालतले पनि आरोप पूर्णतः पुष्टि नभएकाले तीनै जनालाई धरौटीमा रिहा गरेको छ ।

यसरी बनाएका थिए कम्पनी
आकार कम्पलेक्सको परिकल्पना अशोक राजभण्डारीले नै गरेका थिए । आनन्दप्रकाश भण्डारी नाताले उनका काका पर्ने भएकाले जग्गा किनेर कम्पनी बनाउने प्रस्ताव अशोकले उनैलाई सुनाए ।

त्यसपछि उनीहरूले थप दुई जना साझेदार खोजेर ल्याए । अनि जग्गा लिजमा लिएर भवन बनाए । त्यसलाई व्यावसायिक कार्यमा लगाउने उद्देश्यले आकार कम्पलेक्स दर्ता गरे । तीन कित्ता जग्गा किनेर ४ जनाको नाममा संयुक्त दर्ता गरे । पछि दुई कित्ता जग्गा कम्पनीको नाममा र एक कित्ता चारै जनाको नाममा दर्ता कायम गरेका थिए । संयुक्त कायम जग्गा बैंकमा राखेर कम्पनीको नाममा रहेको जग्गामा कम्पलेक्स बनाए र भाडामा लगाए । पछि आनन्दले आफू बाहिरै बसेर छोरा आकाशलाई २५ प्रतिशत शेयर हिस्सेदार बनाएका थिए ।

यहाँसम्म सबै ठीकठाकै थियो । तर, कम्पलेक्समा राखिएका कर्मचारी र भाडाबापत मिल्ने रकममा मनमुटाव सुरु भएको देखिन्छ । अध्यक्ष अशोक राजभण्डारीका अनुसार, आकाशले कम्पलेक्समा आफ्नै नातेदारलाई मनोमानी ढंगले राखे । कम्पनी राम्रोसँग चल्न थालेपछि एकलौटी निर्णय गर्न थाले ।

‘पछि त मलाई आकाशले कम्पलेक्समा प्रवेशसमेत गर्न दिएनन् । २५ प्रतिशत शेयरको हिस्सेदार भएकाले म कम्पलेक्समा जाँदा मलाई हातपात गरे’, अध्यक्ष राजभण्डारीले भने । उनले कुटपिटविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको जाहेरीसमेत दिएका थिए । उक्त विषय विचाराधीन रहेको उनले बताए ।

पछि आकाशले पनि केशव, राजेश र अशोकविरुद्ध जिल्ला अदालत काठमाडौंमा जालसाजी र ठगी मुद्दा हालेका हुन् । ‘उसले आरोप लगाएजस्तो हामीले कम्पनीको सेयर एकलौटी गरेका होइनौँ बरु उनैले जालझेल गरी आफ्नो नाममा ४२ प्रतिशत शेयर रहेको भनी हामीलाई विश्वासघात गरेका हुन्, हामीले त पादरर्शी काम गरौँ, सर्वसम्मत निर्णय गरौँ, मनलाग्दी नगरौँ भनेका हौँ, हामीले शेयर घटाएका छैनौँ,’ सञ्चालक राजेश श्रेष्ठले भने । कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयरसम्बन्धी कुनै निर्णय गएको देखिँदैन ।

कम्पनी रजिष्ट्रार कार्यालयको पत्रको फोटो

अदालतको आदेशमा समेत माइनुट गरिएको सेयर लगत कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख नदेखिएको उल्लेख छ । ‘विभिन्न आरोप लगाएर हामीलाई डर देखाउने र कीर्ते मुद्दाबाट उम्किने विपक्षीको योजना छ । कम्पनीमा आफैं मनलाग्दी गर्ने, अनि त्यसो नगरौँ, सामूहिक निर्णयका आधारमा चलौँ भन्दा उनले उल्टै हामी तीन जनालाई फसाउने प्रपञ्च रचे ’, अध्यक्ष राजभण्डारीले भने । आफूहरू पनि अकाशले गरेको अन्यायविरुद्ध कानुनी बाटोबाटै न्यायको खोजी गर्ने उनले बताए । ‘हामीलाई गुण्डागर्दीमा होइन, अदालत र कानुनमा विश्वास छ, कानुनी लडाइँ जारी राख्छौँ, अन्तिममा जित सत्यकै हुन्छ’, अशोकले भने ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको