यी हुन् राष्ट्रिय फोटो पत्रकार समुहले २६ औं वार्षिक उत्सवको अवसरमा सम्मान गर्ने व्यक्तिहरू

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे) ले २६ औं वार्षिक उत्सवको अवसरमा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्ने भएको छ ।

भाद्र २१ गते बसेको केन्द्रीय कमिटी बैठकले असोज ६ गते काठमाडौँको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा २६ औं वार्षिक साधारण सभासंगै विभिन्न फोटो पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकले राम गुरुङ, श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रविन श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गर्ने निर्णय गरेको एनएफपिजेले जनाएको छ ।

त्यस्तै, ५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुङ्गो लगाएको छ।

५ विधामा प्रदान गरिने हरिगोपाल प्रधान पुरस्कार तथा पदकमा संस्कृति सम्पदातर्फ रत्न श्रेष्ठ, साहसिक फोटो पत्रकार पुरस्कार कल्पना महर्जन, पर्या– पर्यटनतर्फ अम्बिर तोलाङ्, मनोरञ्जनतर्फ सुरेशकुमार श्रेष्ठ र खेलतर्फ विजय महर्जनलाई दिने निर्णय गरेको छ।

माधव थापा साहसिक फोटो पत्रकार पुरस्कार नगद १० हजार सहित मुकुन्द कालीकोटलाई सम्मान गर्ने र कार्यसम्पादनको आधारमा संस्थाका कोषाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरलाई प्रेसिडेन्ट अवार्ड दिने निर्णयसमेत गरेको छ ।

सोहि अवसरमा संस्थाले विभिन्न समयमा आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई पनि सम्मानपत्र उपलब्ध गराउने निर्णय गरेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको