क्याननले फिचर्ड गर्‍यो नेपाली वाइल्डलाइफ फाेटाेग्राफर शेर्पाले खिचेको रेडपाण्डाको तस्वीर

काठमाडौँ – क्यानन एसियाले नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेकाे तस्वीर आफ्नो सोसल मिडिया प्लेटफर्ममा ‘फिचर्ड’ गरेको छ । विश्व रेडपाण्डा दिवसको अवसर पारेर शेर्पाले खिचेको रेडपाण्डाको तस्वीर क्यानन एसियाले फेसबुक र इन्स्टाग्राममा शेयर गरेको हो ।

जापानको बहुराष्ट्रिय कम्पनी क्याननले आफ्नो ब्राण्डका क्यामेराबाट खिचिएका उत्कृष्ट तस्वीर सोसल मिडियामा फिचर्ड गर्ने गरेको छ । पोस्ट गर्नुअघि कम्पनीले विभिन्न चरणमा तस्वीरबारे बुझ्ने र अनुमति लिने गरेको शेर्पाले बताए ।

‘इमेल र इन्स्टाग्राममार्फत धेरै प्रश्न सोधेपछि मात्रै मैले खिचेको रेडपाण्डाको तस्वीर क्याननले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा शेयर गर्‍यो । विश्वभरिका फोटोग्राफरले नियाल्ने क्याननजस्ता ब्राण्डले मैले खिचेको तस्वीर शेयर गरिदिँदा खुसी लागेको छ’ यसले नेपालकाे पर्यटन प्रवर्धनमा सहयाेग नै पुग्याे भन्ने लाग्छ, शेर्पाले भने ।

‘रेडपाण्डाले अधिकांश समय रुखमै बिताउँछ । कम प्रकाशमा यसको तस्वीर खिच्नु एक चुनौती नै हो । तैपनि पूर्वी नेपालमा चुङ्बा शेर्पाले रेडपाण्डाको यति विस्तृत तस्वीर खिचेका छन्’, क्यामेरा र फोटोको डिटेलसहित क्यानन एसियाले लेखेको छ ।

तीन दशकभन्दा बढी पर्यटन क्षेत्रमा याेगदान गरेका ६३ वर्षे शेर्पा ६ वर्षयता पूर्णतः वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय छन् ।

सिफारिस

भृकुटीमण्डपमा थरिथरिका च्याउ (तस्वीरहरू)

नेपालमा पहिलो पटक राष्ट्रिय च्याउ दिवस मनाइएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा च्याउ दिवसको अवसरमा च्याउ मेलाको आयोजना गरियो । मेलामा फरक प्रजातिको प्रदर्शनी...

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहका पहिलो तीन उम्मेदवार प्रजातान्त्रिक विधिबाट चयन गरेको छ। आज बसेको कार्यसम्पादन समिति...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित उल्लासपूर्वक मनाइँदैछ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राप्रपा समानुपातिकको बन्दसूचीमा पुष्पराज शीर्ष तीनमा

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिकतर्फको बन्दसूचीमा...

काठमाडौंमा तमु ल्होसारको रौनक (तस्वीरहरू)

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु...

पर्यटन बोर्डमा नेपालकै पहिलो ड्रोन फोटो प्रदर्शनी हुने 

काठमाडौँ — नेपालमै पहिलोपटक ड्रोन प्रविधिबाट खिचिएका तस्बिरहरूको विशेष...

प्रधान सेनापतिद्वारा सहायक रथी र महासेनानीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ — प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी...

नेपालको प्रजातन्त्र वा लोकतन्त्र छाडातन्त्रमा विकास भइसकेको छ : शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र...

क्रिसमस नजिकिँदै गर्दा मलहरू झिलिमिली (तस्वीरहरू)

ललितपुर — क्रिसमस पर्व नजिकिँदै जाँदा ललितपुरको लाबिम मल...

धेरै पढिएको