काठमाडौँ- काठमाडौँ महानगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको तस्विर प्रतियोगितामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका ४ जना सदस्यले पुरस्कार हात पारेका छन्।
सोमबार मेट्रो एम एमको २४ औं वार्षिक उत्सवको अवसर पारेर उक्त पुरस्कार रकम प्रदान गरिएको हो।

सुशील श्रेष्ठको तस्विर प्रथम, सुनिल शर्माको तस्विरले दोस्रो र महेश प्रधानको तस्विरले तेस्रो स्थान प्राप्त गरेको थियो । त्यस्तै सान्त्वाना स्थानका लागि आर्यन धिमाल, हरि प्रधान, अर्चना श्रेष्ठ र दिपेश श्रेष्ठका तस्विर छानिएको थियो ।
प्रथम पुरस्कार ३५ हजार, दोस्रो पुरस्कार २० हजार , तेस्रो र सान्त्वाना पुरस्कार क्रमशः १५ हजार रुपैयाँसहित प्रमाण पत्र दिइएको थियो ।

यस्तै चित्रकलातर्फ निरज चित्रकार, प्रवीण श्रेष्ठ, कुन्तीश्री थापा र अमन महर्जनलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वाना पुरस्कार प्रदान गरियो । उनीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १५ हजार राशीसहित प्रमाण पत्र दिइएको थियो ।
