काठमाडौँ – रोयल इनफिल्डको लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राईड २०२३ कार्यक्रम सम्पन्न गरेको छ ।
‘वान मिसन वर्ल्ड, वान वर्ल्ड, वान राइड’ नाराका साथ रोयल इनफिल्डले आयोजना गरेको राइड आइतबार बिहान ६ बजे नक्सालबाट सुरु भएर लाकुरी भन्ज्याङ पुगेर राइड समापन भएको थियो ।
नेपालमा काठमाडौं लगायत १३ शहरमा राइड भएको थियो । देशको ग्रामीण भेगमा पुगेर त्यहाँको आन्तरिक पर्यटनमा सहयोग गर्ने तथा समुदायमा केही सहयोग गर्ने वान राइडको उद्देश्य रहेको बताइएको छ ।

राइडरले लाकुरीभन्ज्याङमा रहेको श्री बासुकी माध्यामिक विद्यालयका सबै विद्यार्थीलाई खेलकुद र म्युजिकल इन्टुमेन्ट र २४ हजार नगद सहयोग हस्तान्तरण गरेको अल्फा अटोमोटिभका मेघराज पौड्यालले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा लाकुरी भन्ज्याङका जनप्रतिनिधि, विद्यालयका प्रधानाधापक, समाजसेवी, रोयल इनफिल्ड इन्डियाका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारी लगायतको सहभागिता थियो ।

वान राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५०, हिमालयन स्क्र्याम ४११, हन्टर ३५० मोटरसाइकलमा सय भन्दा धेरै सहभागी थिए ।

