तीन वर्षअघि नै उद्घाटन भएकाे धरहरा निर्माणकाे भौतिक प्रगति कति ?

काठमाडौँ – काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख ११ गते उद्घाटन भएको थियो । भौतिक प्रगति २५ प्रतिशत मात्र रहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

२०७५ पुसदेखि निर्माण कार्य सुरु भएको धरहराको २०७७ असोज ६ गते पहिलो पटक नौ महिनाका लागि २०७८ असार १६ गतेसम्म म्याद थपिएको थियो । पहिलो पटक थपिएको म्यादको अन्तिमतिर धरहराको उद्घाटन भएको थियो । यसबीचमा छैटौँ पटक थप गरिएको म्याद पनि यही माघ ४ गते नै सकिसकेको छ । अब सातौँ पटक म्याद थप्न प्रक्रिया अगाडि बढाइएको छ । अब कति समय दिने भन्ने छलफलकै क्रममा रहेको जानकारी दिइएको छ ।

धरहराको अहिलेको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ७८.६ प्रतिशत पुगेको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ ।

धरहरा पुनर्निर्माण तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत अगाडि बढाइएको थियो भने अहिले सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत भइरहेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ असोज १४ गते तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी जिआइइटिसी–रमण (संयुक्त) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार २०७७ असोज २० गतेसम्म आयोजनाको निर्माण अवधि रहेको थियो । सम्झौतापछि निर्माण कम्पनीले २०७५ कात्तिकदेखि निर्माण कार्य सुरु गरेको थियो भने पुस १२ गते धरहराको शिलान्यास गरिएको थियो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना प्रमुख कोषनाथ अधिकारीले जग्गा विवाद, स्थानीयको विभिन्न माग तथा अवरोध, कोभिड–१९ को महामारी तथा बन्दाबन्दी र निर्माण कम्पनीको ढिलासुस्तीका कारण सम्झौता अनुसारको निर्धारित समयमा काम सम्पन्न नहुँदा पटक पटक म्याद थप गर्नु परेको बताए ।

निर्धारित समयमा काम सम्पन्न नहुँदा तत्काल गरिएको डिजाइन अनुसारका सामान नपाउने, पाए पनि अत्याधिक महँगो हुने भएकाले समेत काममा ढिलाइ हुन गएको उनको भनाइ छ । उनले काममा जति ढिलाइ हुँदै गयो त्यति नै यो समस्या थपिँदै जाने स्पष्ट पारे । कुल तीन अर्ब आठ करोड ११ लाख रुपियाँको लागत रहेको सो आयोजनामा अहिलेसम्म निर्माण कम्पनीलाई दुई अर्ब ४५ करोड ७४ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

मुख्य निर्माण सम्पन्न
आयोजना प्रमुख अधिकारीले धरहरा निर्माणको मुख्य संरचनाको काम सम्पन्न भइसकेको जानकारी दिए । तत्कालीन राजा रणबहादुरकी पत्नी ललितत्रिपुरा सुन्दरीले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा १८९० सालको भूकम्पमा भत्कियो । पुनर्निर्माण गरिएको सो धरहरा १९९० सालको भूकम्पमा फेरि भत्कियो । १९९० सालको भूकम्पमा भत्किएर पुनर्निर्माण गरिएको धरहरा २०७२ साल बैशाख १२ गतेको भूकम्पमा पूर्ण रूपमा ध्वस्त भएको थियो । ११ तले धरहरालाई १९९० सालपछि पुनर्निर्माण गर्दा नौतले बनाइएको थियो । त्यस बखत ६१.८८ मिटर अग्लो धरहरा निर्माण गरिएको थियो । अहिलेको डिजाइन अनुसार बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहराको भित्री संरचना २२ तलाको छ । यसको उचाइ जमिनबाट ८३.५८ मिटर छ ।

सिफारिस

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ। मंगलबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

यूएईलाई पराजित गर्दै नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक...

राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाद्वारा क्यालेण्डर विमोचन

बन्दीपुर (तनहुँ) – राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाले...

धेरै पढिएको