आहा ! मनमोहक चुम उपत्यका (फोटोफिचर)

अहिंसाको क्षेत्र चुम उपत्यका नाम सुन्दा नै हामीलाई एक प्रकारको मनमा कौतुहल पैदा हुन्छ । कस्तो होला चुम उपत्यका, के साच्चिकै त्यहाँ काटमार हुँदैन त । ती सबै कौतुहल मेट्न र त्यहाँको अनुभव बटुल्न एक पल्ट पुग्नै पर्ने हुन्छ । चुम उपत्यका धेरै बर्षदेखि अहिंसा क्षेत्रको रुपमा रहदै आएको छ । बिक्रम संवत १९७७ सालमा गुरु अवतारी डुक्पा लामा सेराब दोर्जेको रोहबरमा चुमबासीहरूले अहिंसात्मक परम्परालाई पालन गर्ने गराउने प्रतिबद्वता गरेको हस्तलिखित कागजातमा पाइन्छ । चुम उपत्यकामा कुनै काटमार हुँदैन । तेहा आउने पर्यटकहरुले समेत काटमार गर्न पाउँदैनन् । यो उपत्यका अहिंसा क्षेत्र हो।  यो क्षेत्रलाई जीवजन्तुको खुला संग्रहालयको रुपमा देख्न सकिन्छ ।
चुम उपत्यका गोरखा जिल्लाको उत्तर—पूर्व क्षेत्रमा पर्ने प्राचीन बौद्ध कला संस्कृति  भएको रमणीय उपत्यका हो । गोरखाको चुमनुव्री गाउँपालिका –६ चुम्चेत र ७ छेकम्पार दुई वडालाई एकमुष्ठमा चुम उपत्यका भनिन्छ । चुम उपत्यकामा करिब ८०० घरधुरी रहेको पाइन्छ । यहाँ ७०० वर्ष भन्दा प्राचीन गुम्बाहरु रहेका छन । यहाँको शान्तिप्रिय संस्कार र संस्कृति, बौद्घ धर्म सम्बन्धी प्राचिन मानी, कानी, छयोर्तेन, स्मारक र तिब्बती संस्कृतिको छुटै महत्व रहेको छ । यस उपत्यकामा बौद्रमार्गी समुदायको बसोबास धेरै भएकोले बौद्य भिक्षु, भिक्षुनीहरु देख्न पाइन्छ।
चुम उपत्यका गणेश हिमाल १,२,३,४,५, /बौद्ध हिमाल , श्रीरीङ्गी हिमाल लगायत प्राकृतिक सम्पदाले भरिएको छ । यस क्षेत्रमा काटमार नगरिने भएकोले झारल, घोरल, कस्तुरी मृग, कालिज, डाफे, मुनाल , लंगुर बादर जस्ता बन्यजन्तुहरु तथा चराचुरुंगीहरू  नजिकबाट देख्न पाइन्छ । मानिसहरुले नजिकबाट नियाल्दा पनि बन्यजन्तहरु, चराचुरुंगीहरु आफ्नै लयमा चरीरहेको देखिन्छ । लगभग ३-४ घन्टाको दुरीमा चिया, नास्ता र बसोबासको लागि होटलहरू उपलब्ध रहेको छ ।
चुम उपत्यका पदयात्रा गर्दा ठाँउमा खानपिन, विश्राम गर्दै पुराना शैलीमा बनाइएका घरहरु, बाटोको बीच बीचमा बनाइएका छयोर्तेनहरुको रमणीय दृश्यहरु देख्न पाइन्छ । कहिले बूढी गण्डकी तीरै तीर नदीको सुस्केरा र चराचुरुंगीहरुको मीठो धुनले पदयात्रामा अझ रामान्चकारी बनाउछ ।  त्यस्तै यस क्षेत्रमा रहेको मु गुम्बा, राचेन आनी गुम्बा, मिलारेपा गुफा, छेसोङ ताल लगायत अन्य गुम्बाहरुले चुम उपत्यका महत्व अझ बढाएको छ ।
चुम उपत्यका पदयात्राको क्रममा. बौद्ध, संस्कृति, कला, रहनसहन, दैनिकी जिबन यापन र स्थानिय  खानपिनको अनुभव गर्न सकिन्छ । स्थानीयबासीले पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक आलु फापर, मकै, कोदो, भटमास, रायोको साग, चौरीको दुध, दही, छुर्पी लगायत परिकार खुवाउने गर्छन् ।
यस उपत्यकालाई खुला चिडियाखानाको र अहिंसा क्षेत्र रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा  प्रचार प्रसार गर्न सके पर्यटन गन्तव्यको राम्रो सम्भावना बोकेको छ । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिका उड्यन मन्त्रालयले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरुमा गोरखा जिल्लाको चुम उपत्यका छनोटमा परेको छ ।
प्राकृतिक र साँस्कृतिक रुपमा समेत महत्वपूर्ण रहेको चुम उपत्यका प्रर्याप्त प्रचार प्रसारको कमीले ओझेलमा परेको छ। साथै राज्यले गर्नु पर्ने पर्यटकीय विकासमा समेत त्यति ध्यान नपुगको स्थानीयबासीहरू बताउँछन् ।
चुम उपत्यका गोरखा जिल्ला सदरमुकामदेखि उत्तरतर्फ ५० कोष टाढा रहेको छ । काठमाडौंबाट गोरखाको सोंतीखोलासम्म सार्बजनिक बसमा पुग्न सकिन्छ । सोती खोलादेखि दोभानसम्म जिपमा यात्रा गर्न सकिन्छ । दोभानबाट पदयात्रा सुरु हुन्छ । पहिलो बास फिलीम र दोस्रो बास  छेकमपार र तेस्रो दीन अन्तीम गन्तब्य मु गुम्बा पुगेर बास बस्न सकिन्छ । चुम उपत्यका पदयात्रा लगभग दुइ हप्ताको समय उपयुक्त हुने गर्छ ।
एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको