काठमाडौं: तालको बिचमा काव्‍य उत्सव सम्पन्न भयो। मकवानपुर जिल्लाको मार्खुमा ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासहित मानव निर्मीत ताल इन्द्रसरोवरमा ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ सम्पन्न भएको हो।

फागुन १८ र १९ गते तालको बिचमा कविहरुले डुंगामा बसेर कविता सुनाए। देश भरका करिब तीन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा डुंगाकै स्टेज बनाएर डुंगामै बसेर कवि तथा दर्शकले कार्यक्रम सफल बनाए। पहिलो दिन करिब दुई घण्टा लामो कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मुख्य अतिथ्य रहेको थियो। कार्यक्रममा उनले भने,’पहिलोपटक कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएँ’।

३२ जना कविले आफ्नो रचना वाचन गरेका थिए। त्यस्तै दोस्रो दिन तालको किनारमा कविता श्रृंखला आयोजना भयो। उक्त दिन कविता प्रतियोगिता समेत आयोजना भयो। चार चरणमा भएको कार्यक्रममा  विद्यालय स्तरको कविता प्रतियोगिताका उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा, अनिता लामा, मिरुता कार्कीलाई चार हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो।

इन्द्रसरोवर गाउपालीका मकवानपुर र सर्वनाम थिएटर काठमाण्डौको संयुक्त आयोजना रहेको कार्यक्रममा अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा,  ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास, हेमन यात्रीसहित स्थानिय कवि रश्मी लामा, श्याम लामाले समेत कविता वाचन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here