‘इन्द्रसरोवर काव्य उत्सव’ सम्पन्न

काठमाडौं: तालको बिचमा काव्‍य उत्सव सम्पन्न भयो। मकवानपुर जिल्लाको मार्खुमा ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासहित मानव निर्मीत ताल इन्द्रसरोवरमा ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ सम्पन्न भएको हो।

फागुन १८ र १९ गते तालको बिचमा कविहरुले डुंगामा बसेर कविता सुनाए। देश भरका करिब तीन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा डुंगाकै स्टेज बनाएर डुंगामै बसेर कवि तथा दर्शकले कार्यक्रम सफल बनाए। पहिलो दिन करिब दुई घण्टा लामो कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मुख्य अतिथ्य रहेको थियो। कार्यक्रममा उनले भने,’पहिलोपटक कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएँ’।

३२ जना कविले आफ्नो रचना वाचन गरेका थिए। त्यस्तै दोस्रो दिन तालको किनारमा कविता श्रृंखला आयोजना भयो। उक्त दिन कविता प्रतियोगिता समेत आयोजना भयो। चार चरणमा भएको कार्यक्रममा  विद्यालय स्तरको कविता प्रतियोगिताका उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा, अनिता लामा, मिरुता कार्कीलाई चार हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो।

इन्द्रसरोवर गाउपालीका मकवानपुर र सर्वनाम थिएटर काठमाण्डौको संयुक्त आयोजना रहेको कार्यक्रममा अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइवा,  ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास, हेमन यात्रीसहित स्थानिय कवि रश्मी लामा, श्याम लामाले समेत कविता वाचन गरेका थिए।

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको