नेपाली सेनाका ३८ सय ८७ जना सैन्यहरू दीक्षित

काठमाडौं – विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार (२६) गते समापन भएको छ।

तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३ हजार एक सय ३३ जना पुरुष तथा ७ सय ५४ जना महिला गरी ३ हजार ८ सय ८७ जना सैन्यहरू दीक्षित भएका छन्।

नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए।

त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका बधाई ज्ञापन गरे।

उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए।

विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारलगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

सिफारिस

न्यूरोडमा फुटपाथ विस्तारका लागि महानगरले फेरि थाल्यो काम (तस्वीरहरू)

न्यूरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले फेरि फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबार बिहानैदेखि पुनः काम थालेको...

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ । बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट...

बिहानै भूकम्पको धक्का

काठमाडौं - मुगुमा भूकम्प धक्का महशुस गरिएको छ ।...

हरिशयनी एकादशी आज, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा...

आज बागमतीसहित यी ६ प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि...

यस्ता छन् ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू

काठमाडौं - सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाहरूको परिवारलाई...

धेरै पढिएको