कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य इकाइको अन्तरंग सेवा सुरु

काठमाडौँ – कान्ति बाल अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको अन्तरंग सेवाको समुद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले बुधबार एक कार्यक्रमका बीच १६ शैय्याको अन्तरंग सेवाको उद्घाटन गरेका हुन्।

मन्त्री पौडेलले अन्तरंग सेवा विभागको अवलोकन गरी  ईकाईबाट दिँदै आएको टेलिमेडिसिन सेवाको जानकारी समेत लिएका थिए । यसअघि यही बर्षको शुरुवातमा लगनखेलस्थित मानसिक अस्पतालले किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाई संचालनमा ल्याएको थियो । तर बालबालिकाको मानसिक स्वास्थ्योपचारलाई लक्षित गरेर अन्तरंग सेवा संचालनमा आएको भने यो पहिलो अवसर हो ।

सन् २०१५ को ठूलो भुइचालोपछि सिविन नेपालले, फोरुट नर्वेसँगको साझेदारी र कान्ति बाल अस्पतालको सहयोगमा अस्पताल प्रांगणमै नेपालमा सबैभन्दा पहिलो बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य ईकाई संचालनमा ल्याएको हो । पछि फोरुट नर्वे र अरु साझेदार संघसंस्थासँगको सहकार्यमा सिविन नेपालले अस्पताल प्रांगणमै छुट्टै भवनको निर्माण गरी सन् २०२१ को जनवरीेदेखि बालबालिका तथा किशोरकिशोरीलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । यही क्रममा आज अन्तरंग सेवाको पनि औपचारिक थालनी भएपछि पनि बालबालिकाको मानसिक स्वास्थ्य उपचारमा थप सहज बन्ने भएको छ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको