तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम भएका छन् । ४ हजार ३ सय ३५ मीटर उचाइमा रहेको पाँचथरको तिम्बुपोखरी क्षेत्रमा आयोजना भएको दौडमा ३० जनाको सहभागिता रहेको थियो । ७ दशमलव ८ किलोमीटरको दौड तिम्बुङ पोखरीदेखि पाङदुवासम्म भएको थियो ।

भातरको सिक्किमका पिङ्सो नाम्ग्याल भाटियाले दोस्रो स्थान हासिल गरे भने ताप्लेजुङको कालिखोलाका भरत बानियाँले तेस्रो स्थान हासिल गरे ।

पहिलो, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैँया नगदसहित ट्रफी प्राप्त गरे । सहभागीमध्ये महिलातर्फ पहिलोपल्ट यो दूरी पार गर्ने पाँचथरको फाल्गुनन्द गाँउपालिकाकी निक्की नेम्वाङलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

तिम्बुङ पोखरी क्षेत्रको प्रवर्द्धनका लागि पहिलोपल्ट ट्रेल रनको आयोजना गरिएको पोखरी संरक्षण समितिका अध्यक्ष याम बहादुर बानियाँले जानकारी दिए । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक आकर्षित गर्न यो दौड राखिएको थियो । पछिल्ला बर्षहरुमा यहाँ आउने आन्तरीक पर्यटकको संख्यामा बढोत्तरी भएको पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको