दुवाकोटमा पनि खुल्यो सुपथ मूल्यको पसल, कति सस्तोमा के-के सामान पाइन्छ ?

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहकार्यमा चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा ल्याएको छ ।  चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका वडाध्यक्ष सोम प्रधानको पहलमा केएमसी हस्पिटल नजिकै दुवाकोट ब्याङ्क्वेटमा सुपथ मूल्यको पसल सञ्चालन ल्याइएको हो ।

बिहिबार सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंका प्रमुख भीमबहादुर थापा, प्रवन्धक डिल्लीलाल लम्साल र अम्बिका पौडेलसंगै वडाध्यक्ष सोम प्रधानले संयुक्त रूपमा  उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख थापाले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरू अभाव हुन नदिने गरी स्थानीयहरूलाई राहत दिने उद्देश्यले पसल सञ्चालनमा ल्याएको बताए । उनले अत्यावश्यक वस्तुहरूमा न्यूनतम ५ देखि १० प्रतिशतसम्म छुट दिने गरिएको बताए  ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सोम प्रधानले चाँगुनारायण नगरपालिकको कार्यपालिका बैठकमै सुपथ मूल्यको पसल सञ्चालन गर्ने निर्णय भएको बताउँदै पसल सञ्चालनमा सहयोग गर्नु हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायत सम्पूर्णमा धन्यवाद दिए। दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सुरु गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिन स्थानीयले पनि साथ दिनु हुनेछ भन्ने विश्वास लिएको बताए।

चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवाकोटमा सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता पनि  खुसी भएका छन् ।

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको