दुवाकोटमा पनि खुल्यो सुपथ मूल्यको पसल, कति सस्तोमा के-के सामान पाइन्छ ?

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहकार्यमा चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा ल्याएको छ ।  चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका वडाध्यक्ष सोम प्रधानको पहलमा केएमसी हस्पिटल नजिकै दुवाकोट ब्याङ्क्वेटमा सुपथ मूल्यको पसल सञ्चालन ल्याइएको हो ।

बिहिबार सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंका प्रमुख भीमबहादुर थापा, प्रवन्धक डिल्लीलाल लम्साल र अम्बिका पौडेलसंगै वडाध्यक्ष सोम प्रधानले संयुक्त रूपमा  उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख थापाले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरू अभाव हुन नदिने गरी स्थानीयहरूलाई राहत दिने उद्देश्यले पसल सञ्चालनमा ल्याएको बताए । उनले अत्यावश्यक वस्तुहरूमा न्यूनतम ५ देखि १० प्रतिशतसम्म छुट दिने गरिएको बताए  ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष सोम प्रधानले चाँगुनारायण नगरपालिकको कार्यपालिका बैठकमै सुपथ मूल्यको पसल सञ्चालन गर्ने निर्णय भएको बताउँदै पसल सञ्चालनमा सहयोग गर्नु हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लगायत सम्पूर्णमा धन्यवाद दिए। दसैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सुरु गरिएको र आगामी दिनमा यसलाई निरन्तरता दिन स्थानीयले पनि साथ दिनु हुनेछ भन्ने विश्वास लिएको बताए।

चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवाकोटमा सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता पनि  खुसी भएका छन् ।

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी, गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको