किन लगातार बढिरहेको छ सुनचाँदीको भाउ ?

काठमाडौं – पश्चिम एसियाली देश इजरायलले बहुमोर्चामा लडिरहेको लडाइँ र केही बलियो बनेको अमेरिकी अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढाएको छ ।

अघिल्लो साताजस्तै यो साता पनि विश्वबजारमा बहुमूल्य धातु सुनचाँदीको भाउले रेकर्ड कायम गरेको हो । साताको पछिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले रेकर्ड नै कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व र हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदीजस्ता बहुमूल्य वस्तुको भाउ बढेको हो । शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कअनुसार अमेरिकी अर्थतन्त्र मजबुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार १ लाख ३७ हजार ६ सय ९० रुपैयाँ रहेको प्रति १० ग्राम सुनको मूल्य साताको दोस्रो दिन र तेस्रो दिन सामान्य घटेको थियो ।

तर, चौथो दिन बुधबारदेखि बढ्न शुरु भई साताको छैटौं दिन शुक्रबार प्रति १० ग्राम १ लाख ३८ हजार २९० रुपैयाँ पुग्यो । यो हालसम्मकै उच्च मूल्य रेकर्ड हो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६०० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्‍यो। साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा थियो । साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य १ हजार ६९७ रुपैयाँ ५० पैसा कायम भई उच्च रेकर्ड बनेको हो ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको