किन लगातार बढिरहेको छ सुनचाँदीको भाउ ?

काठमाडौं – पश्चिम एसियाली देश इजरायलले बहुमोर्चामा लडिरहेको लडाइँ र केही बलियो बनेको अमेरिकी अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढाएको छ ।

अघिल्लो साताजस्तै यो साता पनि विश्वबजारमा बहुमूल्य धातु सुनचाँदीको भाउले रेकर्ड कायम गरेको हो । साताको पछिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले रेकर्ड नै कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व र हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदीजस्ता बहुमूल्य वस्तुको भाउ बढेको हो । शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कअनुसार अमेरिकी अर्थतन्त्र मजबुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार १ लाख ३७ हजार ६ सय ९० रुपैयाँ रहेको प्रति १० ग्राम सुनको मूल्य साताको दोस्रो दिन र तेस्रो दिन सामान्य घटेको थियो ।

तर, चौथो दिन बुधबारदेखि बढ्न शुरु भई साताको छैटौं दिन शुक्रबार प्रति १० ग्राम १ लाख ३८ हजार २९० रुपैयाँ पुग्यो । यो हालसम्मकै उच्च मूल्य रेकर्ड हो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६०० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्‍यो। साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा थियो । साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य १ हजार ६९७ रुपैयाँ ५० पैसा कायम भई उच्च रेकर्ड बनेको हो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको