प्रहरी दिवस: उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार एसपी थापालाई, अरू कसले के पाए ?

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता बनेका छन्।

६९ औं प्रहरी दिवसको अवसरमा मंगलबार एसपी थापालाई पनि प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उत्कृष्ट अनुसन्धानकर्तातर्फ पुरस्कृत गरेका हुन्।

भन्सार विभागले बरामद गरेको ६१ किलो सुन प्रकरणको अनुसन्धान पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको थियो। सीआईबीले सुन प्रकरणको अनुसन्धान एसपी थापाको कमाण्डमा गरेको थियो।

तर सुन प्रकरणको अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारले पछि आयोग गठन गरेको थियो। पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित समितिले प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै सीआईबीकै अधिकारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।

आयोगको सिफारिस लगत्तै नुवाकोटको प्रहरी प्रमुख रहेका थापालाई हेडक्वाटर तानिएको थियो।

उक्त समितिमा सीआईबीकै प्रमुख समेत भइसकेका पूर्व एआईजी सहकुलबहादुर थापा पनि सदस्य थिए। उक्त समितिले कारबाही गर्न सिफारिस गरेका थापालाई प्रहरी महानिरक्षिक कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताका रुपमा पुरस्कृत गरेका हुन्।

प्रहरी महानिरीक्षक कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गरेका छन्।

अन्य विधातर्फ पनि उत्कृष्ट प्रहरीहरुलाई दिवसकै अवसरमा प्रसंशा पत्र र नगदसहित सम्मान गरिएको छ।

यता सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यन्वयन गर्ने भने पनि उक्त प्रतिवेदनमाथि सुरुमै प्रश्न उठेको थियो। उक्त विवादित प्रतिवेदन कार्यन्वयनमा सरकारले नै इन्कार गरेको छ।

६९औं प्रहरी दिवसमा कसलाई कुन पुरस्कार?
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गरेका छन्।

अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गरे।

यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक कुंवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ९आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिल राज बोहरालाई प्रदान गरिएको छ।

काठमाडौं उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्त राम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नबिन चुदाली, प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायव निरीक्षक जोख बहादुर बिक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोबिन्द बहादुर महतो, प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरेका छन्।

उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक यम कुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायव उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक विजय महतलाई प्रशंसापत्र प्रदान गरे।

यसैगरी उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक संगिता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधन कुमार महतो, प्रहरी हवल्दार दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दिपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान बिमला चौधरी, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष लामा, प्रहरी नायव निरीक्षक महादेव भट्ट, प्रहरी हवल्दार डोलराज ढकाल, उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेश कुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका छन्।

साथै नेपाल प्रहरी स्मारक गुठिका ७ जना आजीवन सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको छ।

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ साहित्यकार गंगा कर्माचार्य पौडेल र प्रहरी वरिष्ठ नायव निरीक्षक सरस्वस्ती बुढाथोकीलाई कदरपत्र प्रदान गरेका छन्।

नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका शिक्षक हरिहर तिमिल्सिना, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण सम्बन्धी नारा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ परिकल्पना गर्नुहुने काठमाडौं टोखाका घन बहादुर थापा, उत्कृष्ट प्रहरी नारातर्फ काठमाडौं गुहेश्वरीका रबिन दोङ, भक्तपुर सूर्यबिनायकका इश्वर केसी, शुसिला थापा र नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक किरण सापकोटालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे।

वृत्तचित्र प्रतियोगितामा विजयी हुने ललितपुर टिकाथलीका गणेश देवकोटा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका मनोरम केसी, काठमाडौं बौद्धका रविन तामाङ, उत्कृष्ट लेखरचना निबन्धतर्फ विजयी हुने निष्ट मावि बनेपा काभ्रेकी चन्द्रिका थापा मगर, पाँचखाल भ्याली स्कूल काभ्रेकी क्रिती लामिछाने, युरेका आवासिय मावि धरानका ईशान क्षेत्रलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग र्पुयाउने काठमाडौं नरेफाँटका सार्किमान बल, पदम कुमार रेग्मी, सुनसरीका प्रदिप कुमार सन्थलीया, रोयल कन्स्ट्रक्सन धनगढी कैलालीका प्रकाश बहादुर सेटी, इम्प्रेसन एण्ड क्रिएटिभ डिजाईन ज्वागल ललितपुरका विवेक श्रेष्ठ, राजु ढुङ्गेल, कलाकारतर्फ झापाका दिवाकर घिमिरे, सुनसरीकी सुनिशा बजगाँईलाई प्रशंसापत्र प्रदान गरे।

नेपाल प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने संखुवासभाका बिमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, बिनसरा पुन, मणिभक्त पुन, मिन बहादुर घर्ति र रूपन्देहीका शैलेन्द्र कुमार चौधरीलाई कदरपत्र प्रदान गरिएको छ। प्रहरीलाई निशुल्क जग्गा प्रदान गर्ने अरु ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सिफारिस

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा इन्जिनीयर उज्ज्वल कोइराला मनोनित हुनुभएको छ। कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

धेरै पढिएको