बेलायतमा स्वर्ण पदक विजेतालाई प्रधानसेनापतिको सम्मान

बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल ’मा स्वर्ण पदक जित्ने टोलीलाई प्रधानसेनापतिले सम्मान गरेका छन्।

टोलीलाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रम बिच ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको हो  ।

यहि आश्विन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको उक्त अभ्यासमा बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो। सन् १९६० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदै आइरहेको छ।

दुई दिनको यस अभ्यासमा टोलीले हतियार र करिब ५० पौंड तौल बराबरको उपकरण र सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने थियो। यस क्रममा टोलीको लडाइको तयारी, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनजस्ता दक्षताहरूको परीक्षण गरिएको थियो।

यसअघि पनि, नेपाली सेनाले २०१७ र २०१९ मा यो प्रतियोगितामा स्वर्ण पदक जितेको थियो।

सिफारिस

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स...

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

धेरै पढिएको