यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

घरेलु टोली युएईलाई पराजित गर्दै नेपालले मलेसियामा हुने आईसीसी यू–१९ महिला विश्वकपमा स्थान बनाएको छ।

बुधबार भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समुह विजेताको रुपमा विश्वकपमा पुगेको हो।

विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ।

६ खेलबाट समान १० अंक भएपनि युएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो। अंक तालिकामा नेपालको युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

नेपालका सना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहे। कप्तान पुजा महतो २१ रन बनाउँदा एलबीडब्लू धरापमा परिन्। ओपनर सावित्री धामी १२ रनमा क्याच आउट भईन्।

त्यसअघि अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको हो।

समाइरा धार्निधार्काले बनाएको ३१ रन नै युएईका लागि सर्वाधिक रह्यो। रिनिथा रजिथले २० रन थपिन्। लावन्या केनी र इन्दुजा नन्दकुमारले समान १० रन बनाए। चार ब्याटर शून्य रनमा नै पेभेलियन फर्के।

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिईन्। उनले आफ्नो स्पेलमा १७ रन दिईन्। रिया शर्मा र सिमा केसीले समान २ विकेट झारे। रचना कुमारी चौधरीले एक विकेट आफ्नो नाममा गरिन्।

नेपाल अघिल्लो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो। आजको जितसँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदला समेत लिएको छ। छनोटमा नेपाल युएईसँग मात्र पराजित भएको थियो।

लिग चरणमा नेपालले थाइल्यान्डलाई पहिलो खेलमा ६७ तथा दोस्रो खेलमा १ सय ६ रनले हराएको थियो।

कुवेतमाथि पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा १ सय ६५ रनको फराकिलो जित दर्ता गरेको थियो।

सिफारिस

कीर्तिपुरमा कांग्रेसले गर्यो ‘क्लिनस्विप’, २ वडाध्यक्षसँगै मेयर पदमा डंगोल विजयी

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ। आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत...

आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर लिग चलिरहेको छ।  आज सोमबारका खेलहरू हेर्न हजारौं समर्थक टियु मैदान पुगेका थिए । उद्घाटन...

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज पनि दर्शकले भरिभराउ त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी-२० नेपाल प्रिमियर...

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर...

धवनलाई १४ रनमै पेभिलियन फर्काएपछि खुसि मनाउँदै जनकपुरका खेलाडी( तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत जारी कर्णाली याक्स र जनकपुरबिचको...

एनपीएल: चितवनद्वारा काठमाडौ ५ विकेटले पराजित

काठमाडौ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजले नेपाल प्रिमियर लिग...

तनविरको घातक बलिङमा चितवन राइनोजसामु काठमाडौँको सामान्य लक्ष्य (तस्वीरहरू)

सोहेल तनविरको घातक बलिङमा काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग...

बेलायतमा ५ वटा तामाङ संस्थाले संयुक्त रूपमा सोनाम ल्होसार मनाउने

बेलायत- २८६१ औं डुक ल्हो (सर्प वर्ष)सोनाम ल्होछार कार्यक्रम...

धेरै पढिएको