किन आउँदै छन् भारतीय स्थल सेनाध्यक्ष नेपाल ?

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । ५ देखि ९ मंसिरसम्म उनी नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी दिएको छ ।

भारतीय सेनाध्यक्षलाई ६ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित विशेष समारोहमा नेपाली सेनाको मानार्थ जनरलको दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम तय भएको छ ।

द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आउन लागेका हुन् । जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मानगारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट एवं छलफलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टर पोखराको भ्रमण गर्ने कार्यक्रम छ ।

‘भ्रमणको मुख्य अंशका रूपमा नेपाली सेना र भारतीय सेनाबिचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले ६ मंसिरमा एक विशेष समारोहबिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ । भारतीय सेनाध्यक्षले प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको