काठमाडौं – पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। पशुपतिनाथको आर्यघाटमा उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको हो।
पशुपति आर्यघाटमा पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक कांग्रेस नेताहरु, शुभेक्छुक र कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट स्व ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाट लगिएको थियो। ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर ढुङ्गानाको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।
त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीति नेता झलनाथ खनाललगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि ढुंगानालाई श्रद्धाञ्जली दिन दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक आर्यघाटसम्म पुगेका थिए। बिहान बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने र राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
पूर्वसभामुख ढुंगानाको हिजो ८३ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।