पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं – पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। पशुपतिनाथको आर्यघाटमा उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको हो।

पशुपति आर्यघाटमा पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक कांग्रेस नेताहरु, शुभेक्छुक र कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

नेपाली सेनाले तयार गरेको गाडीमा राखेर सानो गौचरनबाट स्व ढुङ्गानाको शवयात्रा पशुपति आर्यघाट लगिएको थियो। ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर ढुङ्गानाको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।

त्यसक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली दिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरे।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीति नेता झलनाथ खनाललगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि ढुंगानालाई श्रद्धाञ्जली दिन दलका शीर्ष नेता, मन्त्रीलगायत शुभेच्छुक आर्यघाटसम्म पुगेका थिए। बिहान बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानाको निधनमा आज सार्वजनिक बिदा दिने र राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

पूर्वसभामुख ढुंगानाको हिजो ८३ वर्षको उमेरमा निधन भएको थियो। उनको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको