राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य नियुक्त भएका छन्। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।
आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरिएको छ।
सभामुख देवराज घिमिरे नेतृत्वको सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले यो निर्णय गरेको हो। सिफारिस समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी सदस्य थिए।
आयोगमा एक प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्त रहने कानुनी व्यवस्था छ। जसमा एकजना महिला अनिवार्य गरिएको छ।
यसअघिका दुई कार्यकालमा नेपाल सरकारका पूर्वसचिवलाई प्रमुख आयुक्त बनाइएको थियो।