बिहीबार यो वर्षअन्तर्गत अहिलेसम्मकै कम देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) भने केही उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८४५ बजे सार्वजनिक गरेको सूचीअनुसार उपत्यकाको न्यूनतम तापक्रम बिहीबारभन्दा केही बढेर ९.४ डिग्री सेल्सियसमा उक्लिएको हो। बिहीबार ९ डिग्री सेल्सियस मात्र थियो।
यसअघि मंसिर ५ गते उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने मंसिर ४ गते ९.९ डिग्री सेल्सियस थियो।
यसैगरी मंसिर ३ गते उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो।