अक्षरा स्कुलमा ‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । जीवनको उत्पत्ति र क्रम विकासमा वेद–वेदान्त र विज्ञानबीच संवाद विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । शनिबार काँडाघारीस्थित अक्षरा स्कुलमा दुईदिने प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

सम्मेलनलाई कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरेका थिए । उद्घाटनसत्रमा मेयर कार्कीले पितापुर्खाले सिकेको गुरुकुल शिक्षा र संस्कृति अहिले हराउँदै भएको बताए । उनले फेरि पुरानै गुरुकुल शिक्षालाई बिउँत्याउनुपर्ने आवश्यकता देखिएको बताए । सम्मेलनले वेद वेदान्त र विज्ञानका बारेमा गहन जानकारी दिएर अहिलेको पुस्तालाई उचित मार्ग प्रदान गर्न कार्यपत्र प्रस्तुत गर्ने उनको विश्वास छ ।

दुई दिनसम्म संचालन हुने सम्मेलनमा विभिन्न ३५ देशका ४० भन्दा धेरै प्रतिनिधिको सहभागिता छ । जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबीचको संवाद विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमा सनातन संस्कृतिभित्रका अनुकरणीय विषयलाई विज्ञानसँग जोडेर छलफल हुने अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले बताउनु भयो । ।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा डा. भक्ति विज्ञान मुनि महाराज, संहिताशास्त्री अर्जुन बास्तोला, वरिष्ठ न्युरोलोजिस्ट डा. जेपी अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल र श्रीपद कृष्ण केशव प्रभु, डा. सुमंगलादेवी दासीलगायत नेपाल, भारत, अमेरिकाका साथै विभिन्न देशका २० जनाभन्दा बढी प्रतिष्ठित आध्यात्मिक चिन्तक, अभियन्ता, गुरुहरू र वैज्ञानिकहरुको आ-आफ्नो कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको