बिआरआईकाे विषयले सरकारमा समस्या आउँदैन : उपप्रधानमन्त्री सिंह

पोखरा – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईकाे विषयले सरकारमा समस्या नआउने बताउनुभएकाे छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पाेखरामा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेकाे बताउनुभयाे ।

अहिले देशकाे अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेकाे भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेकाे बताउनुभयाे । उपप्रधानमन्त्री सिंहले कुनै याेजनामा ऋण लिएर काम गर्दा तिर्न सक्ने अवस्थामा ऋण लिन सकिने भएपनि अहिले नै ऋण लिइहाल्ने अवस्था नरहेकाे बताउनुभयाे । प्रधानमन्त्री केपी ओलीकाे चीन भ्रमणका क्रममा उठाउने विषयमा कांग्रेस- एमालेले संयुक्त रूपमा नै एजेण्डा तयार गरेकाे पनि उहाँले बताउनुभयाे । यसअघि चीनले दिने घाेषणा गरेकाे अनुदान लिनका लागि सरकारले पहल गर्ने पनि उहाँका भनाई थियाे ।

त्यस्तै उहाँले सरकार ढल्छ भनेर अफवाह फैलाइएपनि त्यसमा सत्यता नरहेकाे दाबी गर्नुभयाे । ` कांग्रेस सभापती शेरबहादुर देउवा बाेलीमा इमानदार हुनुहुन्छ भन्ने कुरा सबैलाई थाहा छ । प्रधानमन्त्रीजीले सहमति अनुसार हस्तान्तरण हुने बताइरहनुभएकाे छ । सरकारमा समस्या छैन ,´ उहाँले भन्नुभयाे । राजनीतिक स्थायीत्व र स्थीरताकाे जगमा आर्थिक समृद्धि र विकासनै सरकारकाे प्रमुख प्राथमिकता रहेकाे पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयाे ।

त्यस्तै, उहाँले संघियताकाे मर्मअनुसार तल्लाे तहमा शक्ति हस्तान्तरण नहुँदा अहिले संघीयतामा नै प्रश्न उठेकाे बताउनुभयाे । उपप्रधानमन्त्री सिंहले संघीयतालाई बलियाे बनाउन संविधानकाे व्यवस्थाअनुसार प्रदेश र स्थानिय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँले जाेड दिनुभयाे । असहज अवस्थामा देशलाई कांग्रेसले नै निकास दिएकाे चर्चा गर्दै अब पनि देशकाे आर्थीक समृद्धि र विकास कांग्रेसले नै गर्ने र त्यसका लागि सुदृढ र एकतावद्द कांग्रेस बनाउनुपर्नेमा जाेड दिनुभयाे ।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको