पहिलो खेल जितेपछि जनकपुरका कप्तान अनिलले दिए यस्तो प्रतिक्रिया

शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी सुरूआत गर्न सफल भयो।

जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको जितका साथ एनपिएलको यात्रा सुरू गरेको हो। खेलपछि जनकपुरका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताए।

‘खेलको निकै मजा लियौं। एनपिएलका खेल ठूला हुन्छ भन्ने थाहा थियो। त्यसैले हामीले खेलका लागि तयारी गरेका थियौं,’ खेलपछि उनले भने, ‘जितका साथ प्रतियोगिता सुरूआत गर्न पाउँदा खुसी लागेका छ। हामी उत्साहित छौं। यो नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो। सबैले लिगलाई सफल बनाउन समर्थन गर्नुपर्छ जस्तो लाग्छ।’

उनले खेलमा प्रशिक्षक पुबुदु दासानायकेको योजनाले काम गरेको पनि बताए। ‘हामीले खेलका लागि सजिलो योजना बनाएका थियौं,’ उनले भने, ‘हामी सबैले आ-आफ्नो उत्कृष्ट खेल्ने तयारी गरेका थियौं।’

स्पिनर ललित राजवंशी आफ्नो टोलीका लागि म्याच विनर भएको पनि उनले बताए। खेलमा ललितले तीन विकेट लिएका थिए।

साथै तीव्र गतिका बलर किशोर महतोले पनि टोलीमा राम्रो प्रभाव पारेको समेत उनको भनाइ थियो। ‘किशोरले अस्ट्रेलियामा खेलिरहेको थियो। हामीले उसलाई नेपाल बोलाउन तयारी गरेका थियौं,’ अनिलले भने।

खेलमा ब्याटिङमा अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकन मूलका ब्याटर लाहिरू मालिन्थाले नटआउट ७५ रन जोडे। साथै क्यानडाका अलराउन्डर हर्ष थाकरको पनि जनकपुरको टोलीमा राम्रै प्रभाव पर्‍यो। उनले नटआउट २९ रन जोड्दा २ विकेट लिए।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको