पहिलो खेल जितेपछि जनकपुरका कप्तान अनिलले दिए यस्तो प्रतिक्रिया

शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी सुरूआत गर्न सफल भयो।

जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको जितका साथ एनपिएलको यात्रा सुरू गरेको हो। खेलपछि जनकपुरका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताए।

‘खेलको निकै मजा लियौं। एनपिएलका खेल ठूला हुन्छ भन्ने थाहा थियो। त्यसैले हामीले खेलका लागि तयारी गरेका थियौं,’ खेलपछि उनले भने, ‘जितका साथ प्रतियोगिता सुरूआत गर्न पाउँदा खुसी लागेका छ। हामी उत्साहित छौं। यो नेपालको सबैभन्दा ठूलो प्रतियोगिता हो। सबैले लिगलाई सफल बनाउन समर्थन गर्नुपर्छ जस्तो लाग्छ।’

उनले खेलमा प्रशिक्षक पुबुदु दासानायकेको योजनाले काम गरेको पनि बताए। ‘हामीले खेलका लागि सजिलो योजना बनाएका थियौं,’ उनले भने, ‘हामी सबैले आ-आफ्नो उत्कृष्ट खेल्ने तयारी गरेका थियौं।’

स्पिनर ललित राजवंशी आफ्नो टोलीका लागि म्याच विनर भएको पनि उनले बताए। खेलमा ललितले तीन विकेट लिएका थिए।

साथै तीव्र गतिका बलर किशोर महतोले पनि टोलीमा राम्रो प्रभाव पारेको समेत उनको भनाइ थियो। ‘किशोरले अस्ट्रेलियामा खेलिरहेको थियो। हामीले उसलाई नेपाल बोलाउन तयारी गरेका थियौं,’ अनिलले भने।

खेलमा ब्याटिङमा अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकन मूलका ब्याटर लाहिरू मालिन्थाले नटआउट ७५ रन जोडे। साथै क्यानडाका अलराउन्डर हर्ष थाकरको पनि जनकपुरको टोलीमा राम्रै प्रभाव पर्‍यो। उनले नटआउट २९ रन जोड्दा २ विकेट लिए।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको