उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गर्नुभएकाे छ । काठमाडौं महानगरपलिका वडा नं १६ मा जारी उपनिर्वाचनका क्रममा उहाँले मतदान गर्नुभएकाे हाे।
पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएकाे छ । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रियत दिँदै कुरा उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सबैले उत्साहपूर्वक मतदान गर्नुपर्नेमा जोड दिनुभयाे ।
वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालकाे निधनपछि रिक्त रहेकाे पदमा उपनिर्वाचन भएकाे हाे।