एनपीएल: सुदूरपश्चिमसँग खेल्दै विराटनगर

विराटनगर किंग्सविरुद्ध खेल्दै सुदूरपश्चिम रोयल्सले मंगलबार नेपाल प्रिमियर लिग (एनपीएल) को यात्रा सुरु गर्दै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने मंगलबारको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ।

पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको विराटनगर पहिलो जितको खोजीमा मैदान उत्रिँदै छ। उता सुदूरपश्चिमले भने एनपीएलमा पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम सुखद सुरुवातको योजनामा छ।

उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए।

सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रेको विराटनगरले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेन।

विराटनगरको टोलीमा सन्दीपसँगै लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ छन्।

विदेशी खेलाडीमा ओमानका अकिब इलियास, स्कटल्यान्डका क्रिस सोल, न्युजिल्यान्डका मार्टिन गुप्टिल, क्यानडाका निकोलस कीर्तन र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ।

उता राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुुदूरपश्चिम एनपीएलमा सुखद सुरुवात गर्ने योजनामा छ।

सुदूरपश्चिममा ऐरीसँगै विनोद भण्डारी, नरेश बुढाऐर, नरेन साउद, खड्ग बोहरा र भोजराज भट्ट सुदूरपश्चिमकै हुन्। सुदूरपश्चिमले बलर अविनाश बोहरा, आरिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे र अमित श्रेष्ठ छन्।

सुदूरपश्चिमले संयुक्त अरब इमिरेट्स (यूएई)का रोहन मुस्ताफा, स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन, इंग्ल्यान्डका सैफ अली जैब र न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई टोलीमा अनुबन्ध गरेको छ।

उमेर समूहमा राम्रो प्रभाव छाडिसकेका अर्जुन र नरेनले टोलीको पहिलो खेल गुमाएका छन्। उनीहरु एसीसी यू–१९ एसिया कप खेल्ने टोलीसँगै हाल यूएईमा छन्।

विराटनगर किङ्स : सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको