मौसम: तराईका केही भूभागमा हुस्सु, उपत्यका क्षेत्रमा कुहिरो लाग्ने

हाल देशमा मौसम सम्बन्धि कुनै पनि प्रणाली छैन। यतिबेला (बुधबार बिहान) देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

तर, बिहानको समयमा भने तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने अनुमान महाशाखाले गरेकाे छ।

त्यसैगरी आज राति कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ

कस्तो होला बिहीबार र शुक्रबारको मौसम?

भोलि (बिहीबार) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। राति पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

त्यसैगरी आगामी शुक्रबार दिउँसाे पनि कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। शुक्रबार राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु तथा एकदुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उडानमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको