एनपीएल: लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको विशाल लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु जारी प्रतियोगिताकै कीर्तिमानी लक्ष्य पेस गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससामु १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो।

एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो। यसअघि सुदुरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो।

कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए।

ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए। अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए। सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे।
साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गप्टीलको हातबाट क्याच आउट भए। वेन कटिङ ६ रनमा रनआउट भए।

विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे। लुम्बिनीका चार खेलाडी रन आउट भए। विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए।

सिफारिस

क्रिकेटर सन्दीपसहित सशस्त्र प्रहरीका १५ खेलाडीको विशेष बढुवा

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक...

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले यस व्यवस्थाले आप्रवासीको दुरुपयोग भएको दाबी गर्दै जन्मसिद्ध...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लाेकतन्त्रलाई प्रहार गर्न चाहने तत्वहरू नेपाली कांग्रेसलाई कमजाेर बनाउने प्रयासमा रहेकाे बताउनुभएकाे छ । मंगलबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अमेरिकामा जन्मिएर नागरिकता प्राप्त गर्ने व्यवस्थाको अन्त्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिदैमा नागरिकता दिने प्रावधानको...

लाेकतन्त्रलाई प्रहार गर्न चाहनेहरू कांग्रेस कमजाेर बनाउन चाहन्छन् : उपप्रधानमन्त्री सिंह

बागलुङ - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेल सम्मानित

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी...

माओवादीले फेरि माग्यो राजीनामा

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका...

सरकारीमा बिरामीको चाप घटाउन स्वास्थ्य मन्त्रीद्वारा सुरक्षा निकायका अस्पतालसँग सहकार्यको प्रस्ताव

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा...

सुप्रिम सहकारी प्रकरण: भैरहवा पुगे रवि लामिछाने

काठमाडौं - सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता...

धेरै पढिएको