लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।

चौथो विकेटका लागि कप्तान रोहित र टम मोरिसले १ सय १० रनको साझेदारी गरे। कप्तान रोहित ९५ रनमा रनआउट भए। विवेक यादव २ रनमा नटआउट रहे।

कप्तान रोहितले बनाएको ९५ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।

योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन्। यसअघि जनकपुरलका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए।

टोम ४५ रन बनाउँदै रन आउट भए। उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे। लुम्बिनीका ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा नै विपिन खत्रीको बलमा आउट भए।

सन्दीप जोरा १८ रन बनाउँदा एलबीडब्लु धरापमा परे।पोखराका लागि विपिन खत्रीले २ तथा म्याथ क्रिट्लेले एक विकेट आफ्नो नाममा गरे। पोखराले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको