वर्ल्ड नेवा: अर्गनाइजेसनले जित्यो सत्यनारायण स्मृति मिडिया कपको उपाधि

काठमाडौँ – सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको उपाधि वर्ल्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले जितेको छ । फाइनलमा राष्ट्रिय समाचार समिति (रासस)लाई सडन डेथमा ४–३ गोलले हराउँदै डब्ल्यूएनओ नेपाल च्याप्टरले उपाधि जितेको हो । निर्धारीत समयको खेल १–१ को बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसअघि सेमिफाइनलमा डब्ल्यूएनओ नेपाल च्याप्टरले ललितपुर वडा १६ कलाकार समितिलाई १–० र राससले टिम एभिएमलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गरेका थिए ।

रासस र एभिएमबिचको निर्धारीत समयको खेल गोलरहित बनेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा कलाकार समितिले टिम एभिएमलाई ४–२ ले हरायो । दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । नेवाः पत्रकार राष्ट्रिय दबु ए, नेपाल पत्रकार राष्ट्रिय दबु बी, राष्ट्रिय फोटो पत्रकार समूह, नेवाः कलाकार टिम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) समूह चरणबाटै बाहिरिएको थियो ।

सो प्रतियोगितामा विजेता टिमका सुमन महर्जन उत्कृष्ट गोलरक्षक, फोनिजका किरण राई सर्वाधिक गोलकर्ता र टिम एभिएमका पुरुषोत्तम वज्राचार्य सर्वश्रेष्ठ खेलाडी चुनिए । यसैगरी प्रतियोगिताअन्तर्गत नेवाः महिला पत्रकार टिम र नेवाः महिला कलाकारबिच मैत्री खेल पनि खेलिएको थियो । जसमा पत्रकार टिम २–१ ले विजयी भएको थियो

नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे ) ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराण बहादुर श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।

आज भएको प्रतियोगिताको प्रमुख अतिथिको रुपमा ललितपुर महानगरपलिका -५ का अध्यक्ष विकासमान श्रेष्ठले पेनाल्टी बल प्रहर गर्दै खेलको शुभारम्भ गरेका थिए । जसमा गोलकिपरको भूमिकामा दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ थिए।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको