काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) हिजो (सोमबार) को भन्दा बढेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यसबेलासम्म न्यूनतम तापक्रम अझ घट्ने सम्भावना पनि हुन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्याे भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ।

यसको ठीक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम लाग्न नपाउने भएकाले अधिकतम तापक्रम घट्छ भने मौसम सफा भई आकाश खुल्यो भने बढ्छ।

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।

सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ।

मौसमविद् कँडेलका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा पनि हुस्सु लागिरहेको छ। तर घाम लाग्दै जाँदा यो हटेर जान्छ। ‘आज उपत्यकाको मौसम मुख्यतया सफा रहने देखिन्छ’, उनले भनिन्।

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको