काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम कति ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (मंगलबार) हिजो (सोमबार) को भन्दा बढेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो सोमबार उपत्यकाको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यसबेलासम्म न्यूनतम तापक्रम अझ घट्ने सम्भावना पनि हुन्छ।

मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्याे भने न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा रह्यो भने घट्छ।

यसको ठीक उल्टो दिउँसोचाहिँ बादल लाग्यो भने घाम लाग्न नपाउने भएकाले अधिकतम तापक्रम घट्छ भने मौसम सफा भई आकाश खुल्यो भने बढ्छ।

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।

सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ।

मौसमविद् कँडेलका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा पनि हुस्सु लागिरहेको छ। तर घाम लाग्दै जाँदा यो हटेर जान्छ। ‘आज उपत्यकाको मौसम मुख्यतया सफा रहने देखिन्छ’, उनले भनिन्।

सिफारिस

यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह (फोटोफिचर)

नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ। जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँएको छ। चैते दशैंको अवसर...

यस्तो देखियो सिंहदरबारमा सांसदहरूको शपथ (तस्वीरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारमा शपथ लिएका छन् । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को...

यस्तो देखियो सिंहदरबारमा सांसदहरूको शपथ (तस्वीरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार...

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरहरू)

काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ...

नयाँ सांसदहरूको लागि यस्तो बन्यो अस्थायी बैठक कक्ष (तस्वीरहरू)

काठमाडौं - आगामी चैत १२ गते बस्ने नवनिर्वाचित सांसदहरूको...

चीनको युन्नान प्रान्तको राजधानी कुनमिङ सहर पुग्दा जे देखे (तस्वीरहरू)

कुनमिङ — चीनको युन्नान प्रान्तको राजधानी कुनमिङ पुग्नेबित्तिकै सहरको...

सकियो ‘फन रन २०८२’  (तस्वीरहरू)

ललितपुर — हायर ग्राउन्ड नेपालद्वारा आयोजित ‘फन रन २०८२’...

धेरै पढिएको