हेटौंडामा युवाहरूले यसरी मनाए नेपाली टोपी दिवस

हेटौंडा – नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको धरोहरका रुपमा रहेको नेपाली टोपीको महत्व र गरिमालाई उच्च राख्दै १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस हेटौंडामा र्‍याली र विशेष कार्यक्रम साथ मनाइएको छ ।

कार्यक्रमको आयोजना लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल, लियो लाइन्स क्लब अफ हेटौंडा स्वर्णिम भविष्य र लियो जिल्ला परिषद् एस नेपाल एरिया–२ को संयुक्त प्रयासमा गरिएको हो । कार्यक्रममा नितेश राईको सभाध्यक्षतामा र हेटौंडा उपमहानगरपालिका–४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो ।

सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने मुल नारासाथ हुप्रचौरबाट शुरु भएको र्‍याली नगरका विभिन्न भाग शितलमहल चोक, पारिजातपथ र सीमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रमुख अतिथि सिग्देलले नेपाली टोपीलाई एउटा पोशाकका रुपमा मात्र नहेरी यसलाई नेपाली स्वाभिमान, संस्कृति र इतिहासको जीवन्त प्रतीकका रुपमा हेर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने–नेपाली टोपी हाम्रो गौरव र विशिष्ट पहिचान हो । यसको महत्वलाई हामीले दैनिक जीवनमा उजागर गर्नुपर्छ । उनले नेपाली टोपीको प्रवर्द्धनले व्यापार र पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याउन सक्नेमा जोड दिए ।

हेटौंडा उपमहानगरपालिका पूर्वमेयर हरिबहादुर महतले टोपी दिवसको शुभकामना दिँदै यस परम्परागत् पहिचान संरक्षण र सम्वर्द्धन गर्न सबै नेपालीको साझा दायित्व रहेको बताए । लियो जिल्ला परिषद् नेपालका सचिव रुपक कालीराजले अंग्रेजी नयाँ वर्षलाई नेपालीपनको रंगमा रङ्ग्याउन अभियान शुरु गरिएको र यसलाई अझ व्यापक बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा टोपी लगाऔं, राष्ट्रियता जोगाऔं’ र हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी’ जस्ता प्रेरणादायी नाराले वातावरण उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रममा करिब २ सयभन्दा बढी टोपी निःशुल्क वितरण गरिएको थियो । अभियानले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय पहिचान र एकतालाई बलियो बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । र्‍यालीमा मकवानपुरका विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, खेलाडी र युवाको उल्लेख्य सहभागिता थियो । कार्यक्रमका सहभागीले ढाका टोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानको आधिकारिक प्रतीकका रुपमा मान्यता दिन सरकारसँग माग गरे। यस वर्षको समारोहले नेपाली टोपीः हाम्रो मन, हाम्रो पन’ भन्ने सन्देशलाई अझ बलियो बनाएको र नेपाली टोपीको विश्वव्यापी पहिचान स्थापित गर्ने दिशामा महत्वपूर्ण कदम चालेको सहभागीको भनाइ छ ।

परम्पराप्रति गौरव गर्न प्रेरित
हेटौंडा उपमहानगर कार्यपालिका प्रमुख मीना लामाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा आयोजित अन्तर्क्रियामा नेपाली टोपीलाई स्वदेशी उत्पादन र प्रयोगको प्रतीकका रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् । कार्यक्रममा लियो क्लबका पदाधिकारीसँग छलफल गर्दै लामाले नेपाली टोपीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै विश्वमाझ नेपालको शान र पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले भनिन्‌–नेपाली टोपी हाम्रो स्वाभिमान र संस्कृति हो । यसको प्रयोगले राष्ट्रियता जोगाउनुका साथै नयाँ पुस्तालाई आफ्ना परम्पराप्रति गौरव गर्न प्रेरित गर्छ ।

उनले वर्तमान युवापुस्तालाई उत्पादनसँग जोडिन र विश्वबजारमा स्वदेशी उत्पादन पुर्‍याउन अग्रसर हुन आग्रह गरिन् । आजका युवा देश निर्माण र विकासका मेरुदण्ड हुन् । उनीहरु आत्मनिर्भरता र नवप्रवर्तनमा अब्बल बन्नुपर्छ,’ उनले थपिन् । लामाले नेपाली टोपीको महत्वबारे सचेतना फैलाउँदै सबैलाई टोपी प्रयोग गर्न र यसको पहिचान प्रवर्द्धन गर्न आह्‌वान गरिन् । उनले महिलाबीच टोपीको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई पुनः लोकप्रिय बनाउन सबैको साथ आवश्यक रहेको बताइन् । नेपाली टोपी लगाएर नयाँ वर्षलाई राष्ट्रिय स्वाभिमान र गौरवको प्रतीक बनाऔं,’ उनको आग्रह छ । अन्तर्क्रियामा सहभागीले टोपी दिवसले साँस्कृतिक जागरण ल्याउँदै युवापुस्तालाई राष्ट्रियता र परम्पराप्रति थप उत्तरदायी बनाउने विश्वास व्यक्त गरेका थिए ।

पत्रकारलाई टोपी उपहार
टोपी दिवसको अवसरमा मकवानपुरका पत्रकारलाई टोपी उपहार प्रदान गरिएको छ । हरेक अंग्रेजी नयाँ वर्षका दिन मनाइँदै आएको टोपी दिवसमा नेपाली टोपीको महत्वलाई उजागर गर्दै उपहार प्रदान गरिएको हो । लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियलले मकवानपुरका पत्रकारसँग शुभकामना तथा अन्तर्क्रिया गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारीलगायत मकवानपुरका प्रतिष्ठित सञ्चारकर्मीको उपस्थिति थियो ।

पत्रकार महासघ मकवानपुर उपाध्यक्ष अधिकारीले नेपाली पहिचानको प्रतीक टोपीको सम्मान र यसको प्रचारप्रसारमा योगदान गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए । टोपी दिवसले राष्ट्रिय पोशाकप्रतिको गर्व बृद्धि गर्ने र साँस्कृतिक एकताका लागि सन्देशप्रवाह गर्ने सहभागी पत्रकारले बताए । मकवानपुरका पत्रकारले उक्त उपहारलाई आफ्नो कर्तव्य र पहिचानको सम्मानका रुपमा ग्रहण गरेका छन् । यसपटक टोपी दिवसलाई थप विशेष बनाउन पत्रकारमाझ समाजसेवा र साँस्कृतिक संरक्षणका विषयमा छलफल गरिएको थियो ।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको