प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको हो ।
प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उहाँको निवास बुढानीलकण्ठ पुग्नुभएको थियो । करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
