सचिन परियारलाई भएको के थियो ? अस्पतालले दियो यस्तो जानकारी

बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ।

अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो। जसको उपचारका लागि न्युरोसर्जरी गरिएको थियो।

उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन। यसपटक उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको थियो। तर अस्पताल भर्ना भएको ५ दिनका दिन आज (बिहीबार) उनको फोक्सोबाट अचानक गम्भीर रूपमा रक्तस्राव सुरु भयो, जसले गर्दा उनलाई अक्सिजन अपुग भयो र अचानक हृदयाघात भयो।

सोही कारण आज (पुस १८ गते) बिहान १० बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको शिक्षण अस्पतालले जानकारी दिएको छ।

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको