सचिन परियारलाई भएको के थियो ? अस्पतालले दियो यस्तो जानकारी

बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ।

अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो। जसको उपचारका लागि न्युरोसर्जरी गरिएको थियो।

उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन। यसपटक उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको थियो। तर अस्पताल भर्ना भएको ५ दिनका दिन आज (बिहीबार) उनको फोक्सोबाट अचानक गम्भीर रूपमा रक्तस्राव सुरु भयो, जसले गर्दा उनलाई अक्सिजन अपुग भयो र अचानक हृदयाघात भयो।

सोही कारण आज (पुस १८ गते) बिहान १० बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको शिक्षण अस्पतालले जानकारी दिएको छ।

सिफारिस

स्थानीय तह त्यागेर यी तीन मेयरको नजर सिंहदरबारतिर

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू संघीय चुनावमा होमिन खोज्दा जनमतको अपमान भएको भन्दै राजनीतिक वृत्तमा बहस सुरु भएको छ।...

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने तयारी तीव्र बनेको छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई...

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण कदको चन्द्रमा मनमोहक रूपमा देखिएको छ। हिउँदे मौसमका कारण आकाश सफा रहेकाले चन्द्रमाको दृश्य अझ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ...

काठमाडौँको चोभारबाट देखिएको पूर्ण कदको चन्द्रमा (तस्वीरहरू)

काठमाडौँ — पौष शुक्ल पूर्णिमाका दिन काठमाडौँको चोभारबाट पूर्ण...

पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

हालै सम्पन्न नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा...

भक्तपुरको त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सुरु (तस्वीरहरू)

भक्तपुर- भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म सञ्चालन हुने...

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन, वर्षमा एकपटक मृगौला जाँच गराउनू : डा. बज्राचार्य

काठमाडौं  विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी)...

वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन् : डा.जीवन बानियाँ

काठमाडौं - वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक...

धेरै पढिएको