NIHS को तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

काठमाडौँ – Nepal International Health Services (NIHS) को आफ्नो तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ मनाएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो वार्षिकोत्सव मनाएको हो।

कार्यक्रमको पहिलो चरणमा संस्थाको उपलब्धिहरु, चुनौतिहरु र आगामी योजनाको बारेमा छलफल गरिएको थियो । कार्यक्रमका सभापति संस्थापक अध्यक्ष डा. रुप नारायण शाहले संस्थाको वार्षिक प्रतिवेदन र संस्थागत सामाग्रीहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले  NIHS अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिने केन्द्र बन्न सक्ने भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुबाट विशेष बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा संस्थाका सदस्यहरुमा शेयर प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो भने NIHS उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई प्रशंसा पत्रका साथ नगद दश हजार उपहार स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित सबैका लागि NIHS को तर्फबाट तेह्र हजार सात सय सत्तरीसम्मको उपचार निशुल्क हुने गिफ्टभौचर समेत वितरण गरिएको थियो । पहिलो चरणलाई टुंगाएर बोर्ड मेम्बरहरुको मिटिगं गरी कार्यक्रमलाई समापन गरिएको थियो ।

 NIHS का संस्थापक अध्यक्ष डा. रुप नारायण शाह सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा NIHS का बोर्ड मेम्बरका तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

 स्वस्थ्य क्षेत्रमा नविनतम र गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएको NIHS काठमाण्डौँको जमलमा अवस्थित छ ।

सिफारिस

संसदको नयाँ हल : भित्ता-सोफादेखि कार्पेटसम्म नीलै निलो (तस्वीरहरू)

काठमाडौं - सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संघीय संसद् भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। आधुनिक र भव्य डिजाइनमा तयार पारिएको उक्त...

तस्वीरमा हेर्नुस् प्रधान सेनापति टेनिस प्रतियोगिता, आर्मीले उचाल्यो ट्रफी

काठमाडौं - नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित ‘प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सम्पन्न भएको छ...

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक,क्रिकेटरको तलब पनि बढ्यो 

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३८...

भर्खरै

तस्वीरमा हेर्नुस् प्रधान सेनापति टेनिस प्रतियोगिता, आर्मीले उचाल्यो ट्रफी

काठमाडौं - नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको...

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक,क्रिकेटरको तलब पनि बढ्यो 

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला...

२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक...

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को...

धेरै पढिएको