NIHS को तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

काठमाडौँ – Nepal International Health Services (NIHS) को आफ्नो तेस्रो वार्षिक साधारण सभा भव्यताका साथ मनाएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै तेस्रो वार्षिकोत्सव मनाएको हो।

कार्यक्रमको पहिलो चरणमा संस्थाको उपलब्धिहरु, चुनौतिहरु र आगामी योजनाको बारेमा छलफल गरिएको थियो । कार्यक्रमका सभापति संस्थापक अध्यक्ष डा. रुप नारायण शाहले संस्थाको वार्षिक प्रतिवेदन र संस्थागत सामाग्रीहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले  NIHS अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिने केन्द्र बन्न सक्ने भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरुबाट विशेष बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा संस्थाका सदस्यहरुमा शेयर प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो भने NIHS उत्कृष्ट काम गर्ने एक जना कर्मचारीलाई प्रशंसा पत्रका साथ नगद दश हजार उपहार स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित सबैका लागि NIHS को तर्फबाट तेह्र हजार सात सय सत्तरीसम्मको उपचार निशुल्क हुने गिफ्टभौचर समेत वितरण गरिएको थियो । पहिलो चरणलाई टुंगाएर बोर्ड मेम्बरहरुको मिटिगं गरी कार्यक्रमलाई समापन गरिएको थियो ।

 NIHS का संस्थापक अध्यक्ष डा. रुप नारायण शाह सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा NIHS का बोर्ड मेम्बरका तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

 स्वस्थ्य क्षेत्रमा नविनतम र गुणस्तरिय स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएको NIHS काठमाण्डौँको जमलमा अवस्थित छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको