काठमाडौँमा शक्तिशाली भूकम्प गएको छ । मंगलबार बिहान ६ बजेर झण्डै ५२ मिनेट जाँदा काठमाडौँ उपत्यकासहितका क्षेत्रमा ठूलै भूकम्प गएको हो।
पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।
भूकम्पविद् भरत कोइरालाका अनुसार चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।