काठमाडौँ – मंगलबार बिहान बिहान गएको भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन सीमा क्षेत्र भएको खुलेको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए ।
भुकम्पको धक्का काठमाडौँसहित अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।