यसरी बन्दैछ टोखामा माघेसङ्क्रान्तिको लागि चाकु (तस्वीरहरू)

काठमाडौं – माघेसङ्क्रान्तिमा खाइने प्रमुख परिकारमध्ये एक हो, चाकु । विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायले मौलिक र परम्परागत ढङ्गले चाकु बनाउने गरेको छ । यसमा पनि  ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारको चाकु प्रसिद्ध रहेको पाइन्छ ।

पोसिलो चाकुलगायतका मिठाई बनाएर बजारसम्म पुर्याउने परम्परादेखि नै टोखामा चाकु बनाउने चलन पुर्खाले चलाएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । टोखाको पहिचान चाकुको परिकार बनाउने उहाँको पुख्र्यौली व्यवसाय पुस्तान्तरण हुँदै पाँचौँ पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा पनि उत्तिकै फराकिलो भएको छ । विशेषगरी माघेसङ्क्रान्तिका दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीका हरेक घरमा छ ।

 अध्यक्ष श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताए। ‘टोखाका चाकु उद्योगीले वार्षिक ५० लाख रुपैयाँदेखि ६० लाख रुपैयाँ मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्रीवितरण गर्दै आएका छन्’, उनले भने।

माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो। विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ। टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो।

टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ। माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ।

चाकु व्यवसायीले सादा चाकु, मसला चाकु, खुवा चाकु, स्पेसल चाकु, तिलको कालो, सेतो लडडु बनाउँछन् ।

यतिबेला टोखाको श्रीकृष्ण चाकु उद्योगमा ३० भन्दा बढी कामदारल चाकु उत्पादनको कार्यमा खटिएका छन्। उक्त चाकु उद्योगकी सञ्चालिका सन्तमाया श्रेष्ठ तिहारपछि आफू चाकु उत्पादनमा लागेको र अहिलेसम्म निरन्तर काम गरिरहेको बताए। आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको उनको भनाइ थियो।

चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ। चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ।

भिडियो हेर्नुस् 

     

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको