नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा भएका छन्।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले रिक्त दुई सहाय रथीमा बरियताक्रम अनुसार महासेनानी गुरुङ र राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो। बढुवा सिफारिस समितिले ७ दिने सूचना गत मंसिर अन्तिम साता नै प्रकासित गरेको थियो।
कुनै उजुरी नपरेपछि बढुवा गर्न रक्षा मन्त्रालयहुँदै मन्त्रिपरिषदमा सिफारिस पुगेको हो।
नेपाली सेनाका सहायक रथी प्रेमबहादुर पुन र नकुल रायमाझी उपरथीमा बढुवा भएपछि दुईजना सहायक रथीमा बढुवा गरिएको हो।