लुम्बिनी विश्वका ५२ घुम्नै पर्ने गन्तव्यमध्ये नवौँ स्थानमा

विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो उपलब्धि भएको बताए। नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने काम यो सूचीमा समावेश भएपछि हुने भन्दै उनले यो गौरवलाई जोगाइ राख्नुपर्ने बताए।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढीले लुम्बिनी भ्रमण गरेका थिए। यो सूचीमा समावेश भएपछि बौद्ध धर्मावलम्बी भएका देशबाट मात्र नभइ अन्यत्रबाट पनि पर्यटक लुम्बिनी आउने कोषले विश्वास गरेको छ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउँछ। धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेकामा यसकार्यले पर्यटक आकर्षणमा सघाउ पुग्ने पर्यटन व्यवसायीले पनि विश्वास गरेका छन्।रासस

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको