जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने

काठमाडौं – जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपालसहित भारत र बंगलादेशका आठ टिम प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल विद्यार्थी संघ (नेविसंघ(ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टिम सहभागी हुने पक्का गरेको हो ।

खेल ७ माघबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । “हामीले खुल्ला छनोटबाट टिम छनोट गरेका हौँ । २०० बढी विश्वविद्यालयलाई प्रस्ताव गरेको हौँ,” प्रतियोगिताको संयोजक गणेश थापाले जानकारी दिए ।

आयोजकले प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई एकजुट हुने मञ्चको रूपमा लिएको छ । नेपालका चार टोली त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय छन् । भारतबाट दिल्ली विश्वविद्यालय, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले सहभागी हुनेछन् । कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । अध्यक्ष दुजाङ शेर्पाले प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने जनाए । पाँच लाख बराबरको पुरस्कार भने विधागततर्फ उत्कृष्टले पाउने अध्यक्ष शेर्पाले जनाएका छन् । आयोजकले प्रतियोगिताको विजेतालाई सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराउने बताएको छ । कान्छा पर्वतारोही निमा रिन्जी शेर्पा प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको