काठमाडौं – सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने भैरहवा पुगेका छन् ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालत रुपन्देहीमा उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।
सो अभियोगमा अदालतमा हाजिर हुन उनी मङ्गलबार बुद्ध एअरको विमानमार्फत त्यहाँ पुगेका हुन् । लामिछाने भोलि बुधबार आफैँ अदालतमा उपस्थित हुने तयारी छ ।
लामिछानेसहित ४२ विरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड बढी बिगो माग गरिएको छ ।