क्रिकेटर सन्दीपसहित सशस्त्र प्रहरीका १५ खेलाडीको विशेष बढुवा

सशस्त्र प्रहरी बलले १८ जनाको विशेष बढुवा गरेको छ। २४ औँ सशस्त्र प्रहरी दिवशका अवसरमा १५ जना खेलाडी, २ जना विपद उद्धारक र एक जना कला संस्कृतितर्फका कर्मचारीको बढुवा गरेको हो।

विशेष बढुवा हुनेमा चार जना महिला फुटबलर र क्रिकेटर सन्दीप जोरा समेत रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

राष्ट्रिय टोलीमा समेत नियमित सदस्य रहेका अनिता केसी, गीता राना, सरु लिम्बु र भगवती थापा बढुवा भएका हुन्। थापा वरिष्ठ हवल्दारमा बढुवा भएकी छन् भने अरु तीन जना फुटबलर र क्रिकेटर जोरा जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन्।

यस्तै धावक फुलमती राना र गोपिचन्द पार्की हवल्दारमा बढुवा भएका छन्। भलिबल टोलिका हिरा केसी र कविता भट्ट, उसुका अशोक खालिङ र कविता थापा, ह्याण्ड बलकी बन्दना राई, करातेका महमद शेखुआलम र सञ्जय राई र कवड्डिकी रविना चौधरी सहायक हवल्दारमा बढुवा भएका छन्।

नेपाली कला संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान गरेको भन्दै सीताराम रानालाई पनि वरिष्ठ हवल्दारमा बढुवा गरिएको छ। विपद उद्धारतर्फ कहलसिंह विक र कमर गुरुङ सहायक हवल्दारमा बढुवा भएका छन्।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको