बढुवा भएका प्रहरीका २५ एसएसपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ – नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधवार आईजीपी वसन्त कुँवरले बढुवा भएका वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

पुस २९ मा बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनीहरूलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका हुन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, वेद विष्ट र शिव कुमार श्रेष्ठ छन् ।

त्यस्तै प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जयसिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाललाई आईजीपी कुँवरले फुली लगाइदिएका हुन् ।

प्राविधिक समूहतर्फका एसपी र डीएसपीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।

सिफारिस

बसन्तपुरमा चिनियाँसंग नेपालका फोटो पत्रकारहरूको रंगीन होली उत्सव (तस्वीरहरू)

काठमाडौं – संस्कृति, सम्पदा र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएका एक सयभन्दा बढी चिनियाँ फोटोग्राफरले काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा नेपाली फोटो पत्रकारहरूसँग होली...

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। समुद्र सतहबाट २,२०० मिटर (७,२१८ फिट) उचाइमा रहेको यस गाउँ...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनबाट रवि धमला अध्यक्ष पदमा निर्वाचित भएका छन्। संस्थापक अध्यक्ष तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गतलाङ गाउँ : प्राकृतिक सुन्दरताको खजाना (तस्वीरहरू)

रसुवा जिल्लाको पश्चिमी भागमा अवस्थित गतलाङ गाउँ नेपालका सुन्दर...

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमा रवि धमला निर्वाचित

काठमाडौं – नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसन (NEMA) को प्रथम...

नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि...

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

धेरै पढिएको