बेलायतको अल्डरसटमा नेपाली कलाकारले खोले सुनचाँदी शोरुम

काठमाडौं – बेलायतको अल्डरशटमा सुम्निमा ज्वैलरी एण्ड कलेक्शन नामक सुनचादीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राई र गायिका जानुका राई मिलेर व्यवसाय सुरु गरेका हुन् ।

बेलायतस्थित अल्डरशटमा नेप्लिज ज्वैलरी एसोशियसनका अध्यक्ष तथा आदिवासी जनजाती महासंघका अध्यक्ष योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्शायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उक्त सुनचाँदी शोरुमको उद्घाटन गरेका हुन् ।

लण्डनदेखि नजिकै रहेको अल्डरशट बसोबासको लागि मात्र नभई नेपालीहरुका लागि व्यापारिक केन्द्रको रुपमा समेत विकास हुँदै गइरहेको छ । त्यहाँ नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् भने नेपालीहरुको करिब एक दर्जन सुनचाँदीका पसलहरु संचालनमा रहेका छन् ।

नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन व्यवसायमा आफुहरु आकर्षित भएकाले सुनचाँदी व्यवसाय गरेको गायक श्यामले जानकारी दिए । सुम्निमा ज्वैलरी एण्ड कलेक्शनमा सुनचाँदीका अलावा विभिन्न जातजातीका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन् ।

उनले भनिन्, ‘हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकलाका सामाग्रीहरुमा नेपालीहरुको शान खुकुरी, सबै जातजातीका पोशाक, साँस्कृतिक बाजालगायत विभिन्न शोभनिरका सामाग्रीहरु सुफत मूल्यमा बेच्न राखेका छौ । यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइनमार्फत विश्वभरी डेलिभरीको व्यवस्था समेत गरेका छौ ।’ गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छिन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरिसकेकी छन् ।

त्यस्तै, गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौ लगायत लोपप्रिय गीतहरु गाइसकेको गायक श्यामले भने, ‘आफुहरु नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुँदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रमक व्यापारको रणनीति अपनाएर अगाडी बढ्ने बताए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको