सामाखुसी चोकमा खुल्यो इलाइट डेन्टल स्टुडियो, उपचारमा विशेष छुटको घोषणा

काठमाडौं – काठमाडौँको सामाखुसी चोकमा ‘इलाइट डेन्टल स्टुडियो’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रम गरेर इलाइट डेन्टर स्टुडियो संचालनमा ल्याईएको हो ।

दन्त सेवा क्षेत्रमा आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी उचित सेवा तथा सुविधासहित मुख तथा दाँतको उपचार गर्ने उद्देश्यले डेन्टल स्टुडियो संचालनमा ल्याइएको हो ।

डेन्टल स्टुडियो संचालक डा. दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री शान्तिप्रसाद पौडेल, विशिष्ट अतिथिमा गौरीशंकर माध्यामिक विद्यालय रामेछापका पूर्व प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष नीर बहादुर कार्की, पूर्व शिक्षक गणेश बहादुर कार्की, तत्कालिन रामकोट गाउँ विकास समितिका पूर्व अध्यक्ष भोजराज श्रेष्ठ सहभागी थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री शान्तिप्रसाद पौडेलले सेवालाई गुणस्तरीय र विस्वस्त बनाउन आग्रह गरे । बजार प्रतिस्पर्धात्मक रहेकोले सेवा प्रवाहबाट सबैलाई सन्तुष्ट बनाउनु पर्नेमा उनले जोड दिए । सेवाग्राहीको सन्तुष्टि नै सफलताको प्रथम उपलब्धि भएको भन्दै उनले डेन्टलका संचालक डा. श्रेष्ठलाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा विषिष्ट अतिथि एवम् गौरीशंकर माध्यामिक विद्यालय रामेछापका पूर्वप्राध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष नीरबहादुर कार्कीले आफूले पढाएको विद्यार्थीले गरेको प्रगति देख्दा गौरव लागेको बताए । यो डेन्टल स्टुडियोमार्फत प्रतिरोधात्मक र उपचारात्मक दुबै खालको सेवा उपलब्ध गराउन उनले आग्रह गरे ।

मुख स्वास्थ्य तथा दाँत वा गिजाको समस्यालाई ध्यान नदिदा एवम् समयमा नै उपचार नगर्दा जटिल समस्याहरु आउन सक्नेबारे जनचेतना फैलाउने र दन्त सेवालाई प्रभावकारी बनाउने लक्ष्यसहित आफूले डेन्टल स्टुडियो संचालनमा ल्याएको संचालक डा. श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय डेन्टललाई कस्मेटिकको रुपमा हेर्ने गरिएको भन्दै उनले नामको पछाडि स्टुडियो राख्नुको कारण कस्मेटिक ट्रिटमेन्टको उद्देश्य रहेको बताए । उनले दाँत व्यक्तिको सौन्दर्यसँग जोडिएको मुख्य विषय रहेकोसमेत बताए ।

डेन्टल स्टुडियो संचालनमा आएसँगै पहिलो पटक डेन्टलमा आएर उपचार गर्ने बिरामीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सुरुको दिन ८२ वर्षका जेष्ठ नागरिकको दाँत परीक्षण गरेर सेवा सुरु गरिएको थियो । डेन्टल स्टुडियोले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटसंगै असाहय, अति विपन्नलाई निशुल्क दाँतको उपचार संचालक श्रेष्ठले घोषणा गरेका छन् ।

दक्ष तथा अनुभवी डाक्टरहरुबाट इलाइट डेन्टल स्टुडियोमा आधुनिक उपकरणको प्रयोग गरी दुर्घटनामा ड्यामेज भएका दाँतहरु बनाउने, दाँत इम्प्लान्ट गर्ने, बिग्रिएका, खप्टिएका र फाटिएका दाँत बनाउने, दाँतमा हुने विभिन्न समस्या जस्तै क्याभिटी, दाँत टुक्रिएको, श्वास गन्हाउने, गिजाबाट रगत आउने, गिजा सुन्निनेलगायतको समाधान गर्ने र सम्पूर्ण दाँतका समस्याको उपचार सेवा उपलब्ध रहनेछ ।

 

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको