सामाखुसी चोकमा खुल्यो इलाइट डेन्टल स्टुडियो, उपचारमा विशेष छुटको घोषणा

काठमाडौं – काठमाडौँको सामाखुसी चोकमा ‘इलाइट डेन्टल स्टुडियो’ संचालनमा आएको छ । शनिबार एक कार्यक्रम गरेर इलाइट डेन्टर स्टुडियो संचालनमा ल्याईएको हो ।

दन्त सेवा क्षेत्रमा आधुनिक उपकरण र प्रविधिको प्रयोग गरी उचित सेवा तथा सुविधासहित मुख तथा दाँतको उपचार गर्ने उद्देश्यले डेन्टल स्टुडियो संचालनमा ल्याइएको हो ।

डेन्टल स्टुडियो संचालक डा. दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री शान्तिप्रसाद पौडेल, विशिष्ट अतिथिमा गौरीशंकर माध्यामिक विद्यालय रामेछापका पूर्व प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष नीर बहादुर कार्की, पूर्व शिक्षक गणेश बहादुर कार्की, तत्कालिन रामकोट गाउँ विकास समितिका पूर्व अध्यक्ष भोजराज श्रेष्ठ सहभागी थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बागमती प्रदेशका पूर्व पर्यटनमन्त्री शान्तिप्रसाद पौडेलले सेवालाई गुणस्तरीय र विस्वस्त बनाउन आग्रह गरे । बजार प्रतिस्पर्धात्मक रहेकोले सेवा प्रवाहबाट सबैलाई सन्तुष्ट बनाउनु पर्नेमा उनले जोड दिए । सेवाग्राहीको सन्तुष्टि नै सफलताको प्रथम उपलब्धि भएको भन्दै उनले डेन्टलका संचालक डा. श्रेष्ठलाई सफलताको शुभकामना दिए ।

कार्यक्रममा विषिष्ट अतिथि एवम् गौरीशंकर माध्यामिक विद्यालय रामेछापका पूर्वप्राध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष नीरबहादुर कार्कीले आफूले पढाएको विद्यार्थीले गरेको प्रगति देख्दा गौरव लागेको बताए । यो डेन्टल स्टुडियोमार्फत प्रतिरोधात्मक र उपचारात्मक दुबै खालको सेवा उपलब्ध गराउन उनले आग्रह गरे ।

मुख स्वास्थ्य तथा दाँत वा गिजाको समस्यालाई ध्यान नदिदा एवम् समयमा नै उपचार नगर्दा जटिल समस्याहरु आउन सक्नेबारे जनचेतना फैलाउने र दन्त सेवालाई प्रभावकारी बनाउने लक्ष्यसहित आफूले डेन्टल स्टुडियो संचालनमा ल्याएको संचालक डा. श्रेष्ठ बताउँछन् ।

पछिल्लो समय डेन्टललाई कस्मेटिकको रुपमा हेर्ने गरिएको भन्दै उनले नामको पछाडि स्टुडियो राख्नुको कारण कस्मेटिक ट्रिटमेन्टको उद्देश्य रहेको बताए । उनले दाँत व्यक्तिको सौन्दर्यसँग जोडिएको मुख्य विषय रहेकोसमेत बताए ।

डेन्टल स्टुडियो संचालनमा आएसँगै पहिलो पटक डेन्टलमा आएर उपचार गर्ने बिरामीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सुरुको दिन ८२ वर्षका जेष्ठ नागरिकको दाँत परीक्षण गरेर सेवा सुरु गरिएको थियो । डेन्टल स्टुडियोले जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटसंगै असाहय, अति विपन्नलाई निशुल्क दाँतको उपचार संचालक श्रेष्ठले घोषणा गरेका छन् ।

दक्ष तथा अनुभवी डाक्टरहरुबाट इलाइट डेन्टल स्टुडियोमा आधुनिक उपकरणको प्रयोग गरी दुर्घटनामा ड्यामेज भएका दाँतहरु बनाउने, दाँत इम्प्लान्ट गर्ने, बिग्रिएका, खप्टिएका र फाटिएका दाँत बनाउने, दाँतमा हुने विभिन्न समस्या जस्तै क्याभिटी, दाँत टुक्रिएको, श्वास गन्हाउने, गिजाबाट रगत आउने, गिजा सुन्निनेलगायतको समाधान गर्ने र सम्पूर्ण दाँतका समस्याको उपचार सेवा उपलब्ध रहनेछ ।

 

सिफारिस

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

धेरै पढिएको