उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ – उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको रुपाताल परियोजनाको स्थलगत अनुगमन गर्नु भएको छ।

सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको बुधबार बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएको भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

“ऐतिहासिक रुपातालको आफ्नै महत्व छ, जनशक्ति थप गरेर समयमै गुणस्तरीय काम गरी यसलाई सम्पन्न गर्नेतर्फ लाग्नुहोस्,”– मन्त्री खड्काले भन्नुभयो । रुपाताल संरक्षणका क्रममा बजेट अभाव हुन नदिन मन्त्रालय लाग्ने मन्त्री खड्काको भनाई थियो ।

उक्त तालमा हाल सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले ५९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध लगाउने काम गरिरहेको छ । १२२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त ताल बाँध बाँधेपछि १८३ हेक्टरको हुनेछ ।

उक्त तालको वरपर पैदलमार्ग निर्माण गर्नका लागि एक हजार १०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ९०० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त तालको अनुगमनमा उर्जामन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधीसभा सदस्य विश्वप्रकाश शर्मा, कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधीसभा सदस्य जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायत पुग्नुभएको थियो ।

सिफारिस

नेपाल भ्रमणमा १०० चिनियाँ फोटोग्राफर

काठमाडौं – नेपालको संस्कृति, सम्पदा तथा पर्यटन प्रवर्द्धनका लागि चिनियाँ फोटोग्राफरको सय सदस्यीय टोली नेपाल आएको छ। चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड...

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो बोसान डाँडा, जुन चोभार र टौदह नजिकै अवस्थित छ। यहाँबाट लाङटाङ, गणेश, गौरिशंकर लगायतका हिमालहरू, काठमाडौं...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

उपत्यकाबाट देखिएका हिमालका मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं – केही दिनदेखिको हल्का वर्षापछि काठमाडौं उपत्यकाको आकाश...

राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको...

तिब्बती मूलका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू)

काठमाडौं – नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका शेर्पा...

धेरै पढिएको