चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सो घोषणा गरेका हुन्।

मन्त्री शाहीले शेर्पाले जैविक विविधता, वन्यजन्तु तथा चराचुरुङ्गीलाई विश्वसामु चिनाउने उल्लेखनीय योगदान गरेको भन्दै उहाँको नाममा फोटो प्रतिस्पर्धा राखिने जानकारी दिए। उनले भने, ‘चुङ्बा शेर्पाले खिचेका तस्बिरहरूले नेपालको जैविक विविधतालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँको योगदानको कदर गर्दै सम्मान तथा फोटो प्रतिस्पर्धा आयोजना गरिनेछ।’

 

शेर्पाको योगदानबारे चर्चा गर्दै मन्त्री शाहीले उहाँको जीवनी नयाँ पुस्ताका लागि खोज र अनुसन्धानको विषय बन्ने बताए। ‘चुङ्बा शेर्पा यस्ता फोटोग्राफर थिए, जसले तराईदेखि हिमालसम्मका वन्यजन्तुको तस्बिर खिचे। विशेष गरी खुम्बु क्षेत्रको हिमचितुवालाई विश्वमाझ चिनाउने श्रेय उहाँलाई जान्छ,’ उनले भने।

सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिकाको लुक्ला निवासी शेर्पा राजनीति, समाजसेवा र पर्यटन व्यवसायमा पनि सक्रिय थिए। उनी तत्कालीन चौंरीखर्क गाविसका पूर्व प्रमुख तथा नेपाली कांग्रेसका स्थानीय नेता थिए। साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको रूपमा पनि उनले शिक्षा क्षेत्रमा योगदान दिएका थिए।

लामो समय यती एयरलाइन्समा कार्यरत रहेका शेर्पाले होटल व्यवसायको समेत अनुभव सँगालेका थिए। ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफी सुरु गरेका उनले हिमाल, पहाड र तराईका दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीका उत्कृष्ट तस्बिरहरू खिचेका थिए। छोटो समयमै चर्चित वाइल्डलाइफ फोटोग्राफरको रूपमा स्थापित भएका शेर्पाको तस्बिरहरूले नेपालका वन्यजन्तुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा शेर्पाको नाममा निर्माण गरिएको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटोग्राफी संस्थासँग आबद्ध रहेका शेर्पाको ६४ वर्षको उमेरमा गत पुस २९ गते निधन भएको थियो।

 

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको छ। नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। अघिल्लो संस्करण...

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त...

‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

हास्य टेलिश्रखल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी...

‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

हास्य टेलिश्रखल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका...

आज देशभर पानी पर्ने, यी चार प्रदेशमा ‘धेरै भारी’ वर्षा हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज...

स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह : नेपाल लगानीमैत्री देशमध्ये एक हो, अपार अवसर छन् 

म्याड्रिड, स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई दक्षिण...

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

धेरै पढिएको