आलोचना बढेपछि भौतिकमन्त्री दाहालले सार्वजनिक गरे २०० दिनको प्रगति

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो २०० दिनको आफ्नो प्रगति सार्वजनिक गरेका छन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले चालू आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले २८.१५ प्रतिशत खर्च गरेको बताएका हुन्।

भौतिक पूर्वाधारका योजनाहरु समयमै नसकेको, काममा तीव्रता नदिएकोजस्ता आरोपसहित मन्त्रालयको सार्वजनिक आलोचना बढिरहँदा मन्त्री दाहालले आफ्नो दुई सयदिने प्रगतिविवरण सार्वजनिक गरेका हुन्।

चालू आर्थिक वर्षमा मन्त्रालयको १ खर्ब ५० अर्ब कुल बजेटमध्ये माघ मसान्तसम्म २८.१५ प्रतिशत खर्च भएको उनको भनाइ छ।

मन्त्रालयले ७ महिनामा कुल कालोपत्रेस्तरको नयाँ सडक २ लेनको २४६ कि.मि र २ लेनमाथिको सडक ३०.५८ किमि सम्पन्न भएको उल्लेख गरेको छ।

ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण गर्ने कार्य माघ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेकोमा ८२ प्रतिशत कार्य सम्पन्न भएको, फिल्डमा देखिएका केही प्राविधिक विषयहरुलाई सम्बोधन गरी २०८१ चैत मसान्तभित्र कार्यसम्पन्न गर्ने गरी काम भइरहेको मन्त्री दाहालको दाबी छ।

त्यसैगरी सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न भएको पनि मन्त्री दाहालले उल्लेख गरेका छन्।

सबै जिल्ला सदरमुकाम बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी यातायातको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार सदरमुकाम जोड्न बाँकी हुम्लाको सिमिकोट जोड्न खार्पुनाथको चुवा खोलामा बेलीब्रिज जडान गर्न नेपाली सेनालाई जिम्मा दिई कार्य अगाडि बढाइएको प्रगतिविवरणमा उल्लेख छ।

यसबाहेक राष्ट्रिय गौरवका पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र कालिगण्डकी कोरिडोरको विभिन्न खण्डहरूमा ५६ कि.मि सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७८.५ कि.मि. सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको मन्त्रालयले दाबी गरेको छ।

माघ मसान्तसम्ममा ४१ वटा पुल निर्माण कार्य सम्पन्न भएको, पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्ड लामो समयदेखि निर्माण कार्य अवरुद्ध भइरहेकोमा विभिन्न तह र चरणमा भएको छलफलपछि हाल निर्माण कार्यले तीव्रता लिएको समेत उल्लेख गरिएको छ।

बुटवल चन्द्रौटा सडकको ६९ किमिमध्ये बुटवल गोरसिंङ्गे खण्डको ५० किमि सडक चौडा गर्न ठेक्का सम्पन्न भई निर्माणकार्य सुरु भएको विवरणमा जनाइएको छ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको