नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड, १८ जनाको मृत्यु

काठमाडौं – भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो।

दिल्ली फायर सर्भिसले एक आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो। यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरुले पनि घाइतेको उघार गरिरहेका छन् । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको